नाडा अटो शोमा अब एमजी साइबरस्टर हेर्न नपाइने, भयो सोल्ड आउट
काठमाडौं – नाडा अटो शो २०२४ मा प्रदर्शन गरिएको एमजी साइबरस्टर सोल्ड आउट...
काठमाडौं–भृकुटीमण्डपमा जारी नाडा अटो शो–२०२४ मा ट्राइम्फ मोटरसाइकलले उल्लेखनीय उपलब्धि हासिल गरेको छ । १५० भन्दा बढी संख्यामा भएको मोटरसाइकल बुकिङले ट्राइम्फकोे नेपाली बजारमा रहेको आफ्नो उपस्थितिलाई झल्काएको छ ।
नेपालमा ट्राइम्फ मोटरसाइकलको आयात नेपाली अटोमोटिभ क्षेत्रको अग्रणी कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनीले गरिरहेको छ । कम्पनीको ट्राइम्फ सँगको साझेदारीले नेपाली ग्राहकहरूलाई ट्राइम्फका मोटरसाइकलमा पहुँच सुनिश्चित गरेको छ । ट्राइम्फ ब्राण्ड विशिष्ट डिजाइन, इन्जिनियरिङ उत्कृष्टता र बेजोड पर्फर्मेन्स लागि परिचित छ ।
मोटरसाइकल प्रेमीहरूको उत्साहजनक प्रतिक्रिया र अत्यधिक बुकिङ संख्याले नै ट्राइम्फको लोकप्रियताले ग्राहक वर्गको विभिन्न आवश्यकताहरू पूरा गर्ने तथा उच्च स्तरका मोटरसाइकलहरू प्रदान गर्ने ब्रान्डको प्रतिबद्धतालाई प्रस्ट बनाएको छ ।
गोल्छा ग्रुपका डाइरेक्टर अभिमन्यु गोल्छाले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘यस उपलब्धीले हामीलाई निकै गर्वित बनाएको छ । नाडा अटो शोमा पाएको अतुलनीय प्रतिक्रिया र १५० युनिट बुकिङ पुग्नुले मोटरसाइकल उत्साहीहरूको ट्राइम्फ ब्रान्ड प्रतिको विश्वासलाई झल्काएको छ । यो सफलताले हामीलाई हाम्रा ग्राहकहरूलाई झनै असाधारण उत्पादन र सेवाहरू प्रदान गर्न उत्प्रेरित गरेको छ ।’
मेला स्थलबाटै सार्बजनिक गरिएका स्पीड ४०० को मूल्य ६ लाख ३९ हजार ९०० रुपैयाँ र स्क्रयाम्बलर ४०० एक्सको मूल्य ६ लाख ८९ हजार ९०० रुपैयाँ तोकिएको छ ।
काठमाडौं – नाडा अटो शो २०२४ मा प्रदर्शन गरिएको एमजी साइबरस्टर सोल्ड आउट...
काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर...
काठमाडौं–नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...