ट्रायम्फ मोटरसाइकलमा अपग्रेड हुने अवसर, नक्सालमा एक्सचेन्ज क्याम्प सुरु

काठमाडौं – ट्रायम्फ मोटरसाइकलको एक्सचेन्ज क्याम्प फेज–२ शुरु भएको छ । ट्रायम्फको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आइतबारदेखी नक्सालको बाइकर्स क्याफेमा क्याम्प आयोजना गरेको हो । यो विशेष ५–दिने क्याम्प साउन १५ गतेसम्म चल्नेछ ।

क्याम्पमा ग्राहकले आँफूसंग भएको जुनसुकै ब्रान्डको मोटरसाइलसंग विश्वप्रसिद्ध प्रिमियम मोटरसाइकल ट्रायम्फ एक्सचेन्ज गरी नयाँ मोटरसाइकलमा अपग्रेड हुन पाउनेछन् । एक्सचेन्ज क्याम्पमा पुराना बाइकको उत्कृष्ट मूल्यांकन, सस्तो ईएमआईका साथ सहज फाइनान्सिङ र टेष्ट राइडको सुबिधा उपलब्ध गराइएको छ ।

कम्पनीका अनुसार, ट्रायम्फको उत्कृष्ट इन्जिनियरिङ र स्टाइल मन पराउनेहरुका लागि आफ्नो पुरानो बाइकबाट अपग्रेड हुन यो एक्सचेन्ज क्याम्प सबैभन्दा उपयुक्त अवसर हो ।

कम्पनीले गत बैशाखमा यस्तै एक्सचेन्ज क्याम्पको पहिलो चरण सम्पन्न गरेको थियो । ‘यस पटकको प्रतिक्रिया साँच्चै उत्साहजनक छ’ ट्रायम्फ नेपालका प्रबन्धक सागर थापाले भने, ‘ट्रायम्फमा स्विच गर्न उत्साहित र जिज्ञासु राइडरहरू निरन्तर रूपमा शोरूममा आइरहेका छन । राइडिङ समुदायबाट यति प्रामाणिक चासो देख्न पाउँदा साँच्चै खुशी लागिरहेको छ ।’

सम्बन्धित समाचारहरू

शनिबार काठमाडौंमा सीएफमोटो ४५०एमटी र २५०एनके टेस्ट राइड हुने, अवसर नछुटाउन आग्रह

शनिबार काठमाडौंमा सीएफमोटो ४५०एमटी र २५०एनके टेस्ट राइड हुने, अवसर नछुटाउन आग्रह

काठमाडौं – सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले हालै...

अनावश्यक स्वरूप परिवर्तन र ठूलो आवाज: युवाको स्टाइल कि जीवनको जोखिम ?

अनावश्यक स्वरूप परिवर्तन र ठूलो आवाज: युवाको स्टाइल कि जीवनको जोखिम ?

आजका युवामाझ सवारी साधनलाई “आफ्नो पहिचान” बनाउने नाममा अनावश्यक रूपमा...

भारत विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल बजार, चीन र पाकिस्तानभन्दा धेरै अगाडि

भारत विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल बजार, चीन र पाकिस्तानभन्दा धेरै अगाडि

भारत जनसंख्या मात्र होइन, दुई पाङ्ग्रे सवारी साधनको प्रयोग र बजारको आकारका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...