कसैसँग नभएका यी फिचरले बनाउँछ दिपललाई नेपालकै प्रिमियम ईभी
काठमाडौं–यस वर्षको नाडा अटो शोमा थुप्रै नयाँ ब्रान्डका प्रिमियम ईभी...
काठमाडौं – गोल्छा ग्रुप अन्तर्गतको कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नाडा अटो शोमा ट्रायम्फ मोटरसाइकलको स्पिड४०० र स्क्र्याम्बलर ४०० एक्स मोडल सार्वजनिक गरेको छ । बेलायती विरासतको प्रतिनिधित्व गर्ने ट्रायम्फका यी मोटरसाइकलले नेपाली बजारमा असाधारण गुणस्तर र पर्फमेन्स पनि भित्र्याएका छन् । यी मोटरसाइकलहरुले नेपाली बजारमा पर्फर्मेन्स, सुरक्षा, र डिजाइनको पूर्ण सन्तुलन प्रदान गर्दै मिड–साइज मोटरसाइकल सेगमेन्टलाई पुनःपरिभाषित गर्ने लक्ष्य राखेको कम्पनीले जनाएकोे छ ।
ट्रायम्फको उत्कृष्टताको इतिहास
ट्रायम्फ मोटरसाइकलले शताब्दीको अनुभव र ब्रिटिश इन्जिनियरिङको कौशलतालाई मिलाएर नयाँ डिजाइनका मोटरसाइकलहरु उत्पादन गर्दछ । उत्कृष्ट कलात्मक शैलीका लागि परिचित ट्रायम्फको बाइकहरूमा स्टाइल, पावर र विश्वसनीयताको सम्मिश्रण पाउन सकिन्छ ।
ट्रायम्फ स्पिड४००
शहरी क्षेत्रको लागि डिजाइन गरिएको ट्रायम्फ स्पिड४०० मा ४०० सीसीको टिआर–सिरिज इन्जिन, ६–स्पिड गियरबक्स, स्लिप–असिस्ट क्लच र हलुका फ्रेमसहितको आल्मुनियम स्विङ आर्म समावेश रहेको छ । यसमा ४३ मिलिमिटरको अपसाइड–डाउन फोर्क्स, प्रिलोड एड्जस्टेबल रियर मोनोशक र १७ इन्चको आल्मुनियम ह्विल प्रदान गरिएको छ । साथै ग्राहकले राइड–बाइ–वायर थ्रोटल, स्विचेबल ट्र्याक्सन कन्ट्रोल, एबीएस, एलइडी लाइटिङ र थप सुरक्षाको लागि इम्मोबिलाइजरको सुविधा पनि प्राप्त गर्नेछन् ।
ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्स
ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्सको आकर्षक लुक्स, १९–इन्चको फ्रन्ट ह्विल, र १७ इन्चको रियर ह्विल, हाइ ग्राउन्ड क्लियरेन्स र मजबुत क्षमताले राइडरको साहसिक यात्रालाई नयाँ उचाइमा पु¥याउनेछ । स्क्र्याम्बलर ४०० एक्समा ४३ मिलिमिटरको पिस्टन फोर्क्स, एड्जस्टेबल रियर मोनोशक र अफरोड कन्ट्रोलका लागि डेडिकेटेड स्क्र्याम्बलर एर्गोनोमिक्स सहितको प्रिमियम सस्पेन्सन समावेश रहेको छ । साथै स्विचेबल बोस एबीएस, एलइडी लाइटिङ, ह्यान्डगार्ड र एक्सट्रिम अफरोडका लागि थप सुरक्षा प्रदान गरिएको छ ।
भदौ १६ सम्म नाडा अटो शोमा यी मोटरसाइकलहरु बुकिङ गर्ने ग्राहकहरुलाई ट्रायम्फ स्पिड४०० लाई ६ लाख ३९ हजार ९ सय विशेष मूल्य र ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्सलाई ६ लाख ८९ हजार ९ सय विशेष मूल्यमा प्रदान गरिने कम्पनीले जनाएको छ ।
नाडा अटो शोमा बजाजले “एक्सप्रेस योरसेल्फ” नामको अन्तरक्रियात्मक थिम पनि सन्चालन गरिरहेको छ । यस अन्तर्गत शोमा आउने अतिथिहरूलाई आफ्नो सिर्जनशीलता र व्यक्तिगत पहिचान प्रस्तुत गर्न प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । यसका लागि बजाजको स्टल एम १२ मा छुट्टै स्पेसको व्यवस्था गरिएको छ जहाँ सहभागीहरूले स्प्रे पेन्ट प्रयोग गरेर खाली क्यानभासमा वा मोटरसाइकलमा नै आफ्नो कलात्मक प्रतिभा देखाउन सक्नेछन् । यस्ता अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेर बजाजले आफ्ना उत्पादनहरू प्रदर्शन गर्नुका साथै आफ्ना उपभोक्ताहरूसँग आत्मियता बढाउने वातावरण पनि सिर्जना गरिरहेको छ ।
काठमाडौं–यस वर्षको नाडा अटो शोमा थुप्रै नयाँ ब्रान्डका प्रिमियम ईभी...
अटोमोबाइल ब्यावसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ...
काठमाडौं–नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका प्रतिनिधी मण्डलले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...