ट्रायम्फ मोटरसाइकलको एक्सचेन्ज क्याम्पमा अत्यधिक माग, शोरुमका सबै बाइक बिक्री

काठमाडौं–ट्रायम्फ मोटरसाइकल नेपालले आफ्नो एक्सचेन्ज क्याम्प सफलतापूर्वक सम्पन्न गरेको छ । ग्राहकहरूको उत्साहजनक सहभागितासँगै नक्साल शोरुममा उपलब्ध सम्पूर्ण बाइकको स्टक बिक्री भएको आधिकारिक वितरक हंसराज हुंलासचन्द एण्ड कम्पनीले जनाएको छ ।

६ दिनसम्म सञ्चालनमा रहेको यो कार्यक्रम नक्सालस्थित बाईकर्स क्याफेमा आयोजना गरिएको थियो, जहाँ विभिन्न ब्रान्डका मोटरसाइकलधनीहरूले आफ्नो पुरानो बाइक साटेर ट्रायम्फमा अपग्रेड गर्ने अवसर पाए ।

कार्यक्रममा बाइक प्रेमीहरूको उल्लेखनीय उपस्थिति देखियो र र विश्व विख्यात ट्रायम्फ ब्रान्डमा अपग्रेड गर्न उत्साहित पनि देखिए । एक्सचेन्ज क्याम्पमा जुनसुकै ब्रान्डको पुरानो बाइक तुरुन्तै साट्न सकिने सुविधा, पुरानो बाइकको लागि सबैभन्दा राम्रो बजार मूल्य प्रदान, न्यून डाउन पेमेन्ट तथा किफायती मासिक योजनाहरू र टेस्ट राइड अनुभव गर्ने अवसर प्रदान गरिएको थियो ।

यो एक्सचेन्ज क्याम्पले निकै सकारात्मक प्रतिक्रिया प्राप्त गरेको कम्पनीको भनाई छ । सहभागीहरूले सहज एक्सचेन्ज प्रक्रिया, उचित मूल्यांकन, र उत्कृष्ट ग्राहक सेवाको खुलेर प्रशंसा गरेका छन् । यो उत्साहजनक सहभागीता र बिक्रीले ट्रायम्फ ब्रान्डप्रति नेपाली ग्राहकहरूको बढ्दो विश्वास र प्रीमियम बाइकको माग प्रस्ट पारेको छ ।

'हामीले सोचेभन्दा धेरै उत्साहजनक प्रतिक्रिया पायौं । शोरुममा लगातार आउने ग्राहकहरूको भीड थियो र सबै बाइक छोटो समयमा बिक्री भए । यो एक्सचेन्ज क्याम्प ट्रायम्फ परिवारमा नयाँ राइडरहरू स्वागत गर्ने उत्कृष्ट माध्यम बन्यो' ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले बताए ।

रगेड लुक्स, मजबुत बिल्ड क्वालिटी, र उच्च प्रदर्शनका लागि चिनिएको ट्रायम्फ मोटरसाइकलहरू अहिले शहरभित्रको सवारीदेखि लामो यात्रासम्मको लागि नेपाली राइडरहरूको रोजाइ बन्दै गइरहेको छ । एक्सचेन्ज क्याम्पको यो सफलताले नेपालमा ट्रायम्फ ब्रान्डको विस्तार हुँदै गएको संकेत दिएको छ ।

ट्रायम्फले आगामी दिनहरूमा अझ ग्राहक केन्द्रित अभियानहरू ल्याउँदै, नेपाली बाइक प्रेमीहरूसँगको सम्बन्ध अझ सशक्त बनाउने योजना बनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...