नाइमा एक्सपोमा प्रदर्शन हुने अपेक्षा गरिएको निसान टेक्टन भारतमा लन्च
निसानले भारतीय बजारमा नयाँ मिड साइज एसयूभी निसान टेक्टन लन्च गरेको छ। यसले...
काठमाडौं–ट्रायम्फ मोटरसाइकल नेपालले आफ्नो एक्सचेन्ज क्याम्प सफलतापूर्वक सम्पन्न गरेको छ । ग्राहकहरूको उत्साहजनक सहभागितासँगै नक्साल शोरुममा उपलब्ध सम्पूर्ण बाइकको स्टक बिक्री भएको आधिकारिक वितरक हंसराज हुंलासचन्द एण्ड कम्पनीले जनाएको छ ।
६ दिनसम्म सञ्चालनमा रहेको यो कार्यक्रम नक्सालस्थित बाईकर्स क्याफेमा आयोजना गरिएको थियो, जहाँ विभिन्न ब्रान्डका मोटरसाइकलधनीहरूले आफ्नो पुरानो बाइक साटेर ट्रायम्फमा अपग्रेड गर्ने अवसर पाए ।
कार्यक्रममा बाइक प्रेमीहरूको उल्लेखनीय उपस्थिति देखियो र र विश्व विख्यात ट्रायम्फ ब्रान्डमा अपग्रेड गर्न उत्साहित पनि देखिए । एक्सचेन्ज क्याम्पमा जुनसुकै ब्रान्डको पुरानो बाइक तुरुन्तै साट्न सकिने सुविधा, पुरानो बाइकको लागि सबैभन्दा राम्रो बजार मूल्य प्रदान, न्यून डाउन पेमेन्ट तथा किफायती मासिक योजनाहरू र टेस्ट राइड अनुभव गर्ने अवसर प्रदान गरिएको थियो ।
यो एक्सचेन्ज क्याम्पले निकै सकारात्मक प्रतिक्रिया प्राप्त गरेको कम्पनीको भनाई छ । सहभागीहरूले सहज एक्सचेन्ज प्रक्रिया, उचित मूल्यांकन, र उत्कृष्ट ग्राहक सेवाको खुलेर प्रशंसा गरेका छन् । यो उत्साहजनक सहभागीता र बिक्रीले ट्रायम्फ ब्रान्डप्रति नेपाली ग्राहकहरूको बढ्दो विश्वास र प्रीमियम बाइकको माग प्रस्ट पारेको छ ।
'हामीले सोचेभन्दा धेरै उत्साहजनक प्रतिक्रिया पायौं । शोरुममा लगातार आउने ग्राहकहरूको भीड थियो र सबै बाइक छोटो समयमा बिक्री भए । यो एक्सचेन्ज क्याम्प ट्रायम्फ परिवारमा नयाँ राइडरहरू स्वागत गर्ने उत्कृष्ट माध्यम बन्यो' ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले बताए ।
रगेड लुक्स, मजबुत बिल्ड क्वालिटी, र उच्च प्रदर्शनका लागि चिनिएको ट्रायम्फ मोटरसाइकलहरू अहिले शहरभित्रको सवारीदेखि लामो यात्रासम्मको लागि नेपाली राइडरहरूको रोजाइ बन्दै गइरहेको छ । एक्सचेन्ज क्याम्पको यो सफलताले नेपालमा ट्रायम्फ ब्रान्डको विस्तार हुँदै गएको संकेत दिएको छ ।
ट्रायम्फले आगामी दिनहरूमा अझ ग्राहक केन्द्रित अभियानहरू ल्याउँदै, नेपाली बाइक प्रेमीहरूसँगको सम्बन्ध अझ सशक्त बनाउने योजना बनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...