बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
रोयल इन्फिल्डले भारतमा कैयौ नयाँ बाइक लन्च गर्ने भएको छ । रोयल इन्फिल्डको नयाँ बाइकमा नयाँ नयाँ फिचर समावेश गरिने कम्पनीले जानकारी दिएको छ । यस प्रकारको फिचर मेटियर ३५० मा पनि समावेश गरिएको छ । रोयल इन्फिल्डको नयाँ फिचर भनेको ट्रिपर हो ।
ट्रिपर एक प्रकारको टर्न बाई टर्न नेभिगेसन सिस्टम हो । जसले राइडरलाई सडकको बारेमा जानकारी दिन्छ । सडकको हरेक मोडमा सो सिस्टमले जानकारी दिएको हुन्छ । ट्रिपरको पहिलो प्रयोग रोयल इन्फिल्डको मेटियर ३५० मा गरिएको छ । ट्रिपरको लागि बाइकमा एक डेडिकेटेड डिस्प्ले पनि समावेश गरिएको छ । जसमा राइडरले सजिलै नेभिगेसन हेर्न सकिन्छ ।
ट्रिपरलाई स्मार्टफोनको मदतले कनेक्ट गर्न सकिन्छ । कनेक्ट गरिसकेपछि लोकेसन र डेस्टिनेशन सेलेक्ट गरी प्रयोग गर्न सकिन्छ । त्यसपछि जति पनि नेभिगेसन हुन्छ ती सबै बाइकको ट्रिपर डिस्प्लेमा देखाउँछ । बिचबाटोमा स्मार्टफोनको नेटवर्क नहुँदा पनि खासै असर पर्दैन ।
रोयल इन्फिल्डले २०२१ हिमालयन, २०२१ इन्टरसेप्टर ६५०, न्यू जेन क्लासिक ३५०, २०२१ कन्टिनेन्टल जीटी ६५० र रोयल इन्फिल्ड क्रुजर भारतीय बजारमा लन्च गर्ने सम्भावना रहेको छ । कम्पनीको ती सबै नयाँ बाइकमा ट्रिपर नेभिगेसन सिस्टमको साथमा लन्च गर्नेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...