दाङमा यातायात मजदूरहरू आन्दोलित,सार्वजनिक यातायात बन्द

दाङ - दाङमा यातायात मजदूरहरू आन्दोलित भएका छन् । पारिश्रमिक लगायत विभिन्न ४ बुँदे माग राखेर मजदूर संगठनहरूले आज बिहानैदेखि अनिश्चितकालीन सार्वजनिक यातायात बन्द गरेका हुन् । यातायात मजदुरका पक्षमा बनेका कानूनहरू कार्यान्वयनका लागि आफूहरू आन्दोलनमा उत्रिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङका अध्यक्ष केशव बहादुर भण्डारीले बताए । यातायात मजदूर तथा बुकिङका कर्मचारीले लामो समयदेखि पाउन नसकेको तलब भत्ता पाउनुपर्ने, नेपाल सरकारले मजदुरहरुको पक्षमा लागु गरेको सामाजिक सुरक्षा कोष लागु गर्नु पर्ने, नेपाल यातायात राष्ट्रिय महासंघ र तीन वटै ट्रेड युनियनबीच भएको सहमती कार्यान्वयन गर्नु पर्ने मजदूर संगठनको माग रहेको छ । वार्ताका लागि मजदूर संगठन र यातायात व्यवसायीलाई स्थानीय प्रशासनले वार्ताका लागि बोलाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...