जेन-जी आन्दोलनका कारण विभागको सम्पूर्ण प्रणाली ठप्प, इम्बोस्ड नम्बर प्लेट र लाइसेन्समा अन्यौल

भदौ २४ गतेको जेन-जी आन्दोलनले देशभर ठूलै असर पा-यो। राजधानी काठमाडौंमा प्रदर्शन उग्र बन्दा जलेर नष्ट भएका सरकारी कार्यालयमध्ये सबैभन्दा ठूलो क्षति व्यहोरेको सरकारी कार्यालय मध्ये एक हो मीनभवनस्थित यातायात व्यवस्था विभाग। संसद भवन नजिकै रहेको यो कार्यालयमा यातायात व्यवस्थासँग सम्बन्धित विभिन्न कार्यहरु हुँदै आएका थिए ।

मंगलबार भएको आगलागीले विभागको मुख्य कार्यालयदेखि विभिन्न शाखा र सेवा कक्ष सबै नष्ट ग¥यो।महानिर्देशक र निर्देशकहरूको कार्यकक्ष, सामान्य सेवाग्राहीलाई सेवा दिने काउन्टर, सबै जलेर खरानी भएको छ । कम्प्युटर, फाइल, कागजात, फर्निचर, कार्यालय परिसरमा रहेका सवारी साधनसम्म सबै नष्ट भएका छन् ।

लाइसेन्स प्रणालीमा ठप्प अवस्था
स्मार्ट ड्राइभिङ लाइसेन्स छाप्ने मास प्रिन्टर मेसिन र स्मार्ट कार्ड स्टक जलेर पूर्ण रूपमा नष्ट भएको छ । पहिले नै ढिलासुस्तीमा परेको लाइसेन्स वितरण अब अनिश्चितकालका लागि रोकिएको छ। हजारौँ प्रिन्ट भइसकेका लाइसेन्स समेत आगलागीमा खरानी भएका छन् ।

विभागले विदेश जानेहरुका लागि तुरुन्तै लाइसेन्स बनाइदिने गरेको थियो । तर अब त्यो पनि सम्भव नहुने भएको छ । विदेश जान तयारीमा रहेका नागरिक लाइसेन्स बुझ्न विभाग पुगे पनि, सबै जलेको देखेपछि अन्योलमा फर्कनुप¥यो।

इम्बोस्ड नम्बर प्लेटमा पनि समस्या
विभागको भवन पछाडि रहेको इम्बोस्ड नम्बर प्लेट छाप्ने पर्सनलाइजेसन सेन्टर पूरै जलेको छ। छापेर भण्डारण गरिएका ५ लाखभन्दा बढी नम्बर प्लेट र छाप्न बाँकी लाखौँ प्लेट पनि खरानी भएका छ्न् । हालै अनिवार्य बनाइएका कारण नागरिकमा चर्को असन्तुष्टि जगाइरहेको इम्बोस्ड नम्बर प्लेट प्रणाली यो आगलागीपछि पूर्णरूपमा ठप्प भएको छ।

डेटा र अभिलेख संकट
विभागको डेटा सर्भर भएको कोठा समेत जलेको छ। देशभरका सवारी साधन र चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी डिजिटल अभिलेख गुम्ने जोखिम बढेको छ। पुराना कागजात राखिएको कक्ष पनि पूर्ण रूपमा जलेको छ, जसले अभिलेख पुनःप्राप्ति कठिन बनाएको छ।

यातायात व्यवस्था विभाग पहिले नै नागरिकको असन्तुष्टिको केन्द्र बनेको थियो। लाइसेन्स वितरणमा महिनौँ ढिलाइ भइरहेको थियो । विदेश जानेहरूलाई भने प्राथमिकता दिइएको थियो । इम्बोस्ड नम्बर प्लेट महँगो, पारदर्शिता अभाव र अनिवार्यतामा आलोचना भइरहेको थियो । यी सबै कारणले असन्तोष बढ्दै गएको बेला संसद भवन नजिकै रहेको यो कार्यालयलाई आन्दोलनकारीहरूले निसाना बनाए ।

यातायात व्यवस्था विभागको ध्वंसले नेपालको यातायातको प्रशासनिक प्रणाली नै संकटमा परेको छ। हजारौँ नागरिकलाई प्रत्यक्ष असर गर्ने यो क्षतिलाई कसरी परिपूर्ति गर्ने र सेवा सुचारु कसरी गर्ने भन्ने वारेमा ध्यान दिनु आवश्यक छ ।

सम्बन्धित समाचारहरू

नाला पुल भाँचियो, राजधानी प्रवेश गर्ने वैकल्पिक सडक अवरुद्ध

नाला पुल भाँचियो, राजधानी प्रवेश गर्ने वैकल्पिक सडक अवरुद्ध

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा...

गाडी सुरक्षाको प्रमुख आवश्यकता बन्दै ‘ड्यासक्याम’

गाडी सुरक्षाको प्रमुख आवश्यकता बन्दै ‘ड्यासक्याम’

भीडभाडयुक्त र ट्राफिकले भरिएको सडकमा गाडी चलाउनु अहिले चुनौतीपूर्ण बन्दै...

बीपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी खण्डमा राति गाडी चलाउन रोक

बीपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी खण्डमा राति गाडी चलाउन रोक

काठमाडौं – बीपी राजमार्ग अन्तर्गत खुर्कोट–भकुण्डेबेँसी खण्डमा राति...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...