बोसको तालिम र सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं – नेपाली बजारमा बोसको आधिकारिक वितरक सत्यदीप ग्रुपको आयोजनामा अन्तर्राष्ट्रिय स्तरको तालिम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच बोसका कन्ट्री हेड रितुन्च गुप्ताले ग्लोबल अटोमोटिभ इन्डष्ट्रिजमा भएका सेल्स एन्ड सर्भिस प्राक्टिसमा आधारित तालिम प्रदान गरे । त्यसैगरी उनले फिल्ड च्याम्पियनहरुलाई अझै व्यावसायिक तरिकाले नेपाली ग्राहकलाई सेवा प्रदान गर्ने उद्देश्यका साथ फिट फर फ्युचर क्याम्पेन समेत लन्च गरे ।

बजारमा भएको कठिन अवस्थाको वावजुद आर्थिक वर्ष २०७८/७९ मा अटो पार्ट्स उद्योगका रिटेलर र वर्कशपहरुलाई सहयोग गर्ने व्यक्तिहरुलाई अप स्किलिङ प्रोग्रामका बीच सत्यदीप ग्रुपले सम्मान गरेको छ ।

सत्यदीप ग्रुपसँग हाल नेपाली जनतालाई अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्न प्रतिबद्ध र अटो पार्ट्स उद्योगमा समर्पित २५ भन्दा बढी व्यक्तिहरु सो तालिममा सहभागी भएका थिए ।

नेपाली सवारी साधन बजारमा आफ्टर मार्केटका लागि आवश्यक विभिन्न ब्रान्डका जेन्युइन पार्ट्स उपलब्ध गराउदै आइरहेको सत्यदीप ग्रुपले समय समयमा यस्ता कार्यक्रम गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

यसकारण छिट्टै जान्छ बाइकको क्लच प्लेट, बचाउन यी कुरामा ध्यान दिनुहोस्

यसकारण छिट्टै जान्छ बाइकको क्लच प्लेट, बचाउन यी कुरामा ध्यान दिनुहोस्

बाइक चलाउँदा लापरवाही गरियो भने बिस्तारै बाइकको धेरै पार्ट्स बिग्रन थाल्छ...

यी कम्पनीले भित्र्याउछन् सवारीसाधनमा प्रयोग हुने ब्याट्री, बार्षिक कारोबार ५ अर्ब माथी

यी कम्पनीले भित्र्याउछन् सवारीसाधनमा प्रयोग हुने ब्याट्री, बार्षिक कारोबार ५ अर्ब माथी

ब्याट्रीको बजार दिनप्रतिदिन फराकिलो बन्दै गएका कारण यस व्यवसायमा लगानी...

चालकले आफूले चलाइरहेको सवारी साधन कुन कुन अवस्थामा रोक्नु पर्दछ ?

चालकले आफूले चलाइरहेको सवारी साधन कुन कुन अवस्थामा रोक्नु पर्दछ ?

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३२ मा चालकले आफूले चलाइरहेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...