अब ड्राइभिङ लाइसेन्स पास गरे पश्चात एक वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिइने

काठमाडौं । सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) पास गरेका चालकका लागि सरकारले आउँदो जेठदेखि छुट्टै लाइसेन्स जारी गर्ने भएको छ । यातायात व्यवस्था विभागले ट्रायल पास गरेकाे सुरूकाे एक वर्ष अवधिका लागि छुट्टै कार्ड जारी गर्न लागेको हो ।

विभागका महानिर्देशक नमराज घिमिरेले क्यूआर कोडसहितको छुट्टै पीभीसी कार्ड ल्याउन लागेको जानकारी दिए । ‘एक वर्षको परीक्षण अवधिका लागि अब छुट्टै लाइसेन्स जारी गर्ने तयारी गरेका छौं,’ उनले भने ।

उनका अनुसार लाइसेन्स पास भएपछि चालकलाई एउटा पिभिसी कार्ड वितरण गरिनेछ जसमा 'परीक्षणकालीन लाइसेन्स' भनेर लेखिएको हुनेछ।

परीक्षणकालीन अवधिमै पाँच पटकभन्दा बढी कारबाहीमा परे, स्मार्ट लाइसेन्स नपाइने र लाइसेन्स लिन पुनः सुरूआती प्रक्रिया गर्नुपर्ने पनि उनले बताए।

उनका अनुसार ट्रायल पास गरेका चालकलाई एक वर्षपछि मात्रै स्मार्ट लाइसेन्स प्रदान गरिने र त्यस अवधिका लागि क्यूआर कोडसहितको लाइसेन्स प्रदान गरिनेछ ।

ट्राफिकले क्युआर कोडका आधारमा चालककाे लाइसेन्स जाँच गर्ने बताउँदै उनले भने, ‘कार्डमा चालकको सम्पूर्ण आवश्यक विवरण ट्राफिकले आफ्नो मोबाइल फोनमार्फत थाहा पाउनेछन्।’

यस्तो कार्डले ट्राफिक उल्लघंन घट्ने विश्वास विभागको छ । ट्राफिकले कार्डमा ५ वटाभन्दा बढी प्वाल पारे एक वर्षपछि स्मार्ट ड्राइभिङ नदिने र पुनः लाइसेन्सको परीक्षा दिनुपर्ने व्यवस्था ल्याउन लागिएको छ ।

सम्बन्धित समाचारहरू

भवितव्य दुर्घटना राहत कोषको स्थापना गर्न माग

भवितव्य दुर्घटना राहत कोषको स्थापना गर्न माग

काठमाडौँ – देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात...

मेट्रो अनलाइन ट्याक्सीद्वारा ट्याक्सी चालकहरुको लागि निःशुल्क दन्त शिविर

मेट्रो अनलाइन ट्याक्सीद्वारा ट्याक्सी चालकहरुको लागि निःशुल्क दन्त शिविर

काठमाडौं – काठमाडौंमा सञ्चालनमा रहेका ट्याक्सी चालकहरुको स्वास्थ्य...

भीआईपी सवारीका कारण आज पनि काठमाडौंको सवारी अस्तव्यस्त हुने, यी रुटमा हुनेछ अवरोध

भीआईपी सवारीका कारण आज पनि काठमाडौंको सवारी अस्तव्यस्त हुने, यी रुटमा हुनेछ अवरोध

भीआईपी सवारीका कारण बुधबार पनि काठमाडौंका सडकमा यातायात प्रभावित हुने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...