अब उपत्यकाका कोरिडर सडक व्यवस्थापनको लागि छुट्टै ट्राफिक प्रहरी टोली

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको कोरिडर सडक व्यवस्थापनको लागि छुट्टै ट्राफिक प्रहरी टोली खटाउने भएको छ । महाशाखाले आज एक कार्यक्रमका वीच कोरिडोर सडक व्यवस्थापन टोली (Corridor Management Team-CMT) परिचालन गरेको छ । महाशाखाको निरन्तर समन्वय एवं पहलमा निर्माण भई संचालनमा रहेका उपत्यकाको मुख्य कोरिडोरहरु विष्णुमति, वाग्मती, धोविखोला र मनोहरा कोरिडोरको प्रभावकारी व्यवस्थापन गरी अधिकतम प्रयोगमा ल्याउन योजना लागु गरेको हो । आजदेखि कोरिडोरलाई चौबिस खण्डमा बिभाजित गरि कोरिडोर क्लियरेन्सको लागी १७ टोली गठन गरि परिचालन गरेको छ । टोलीको पहिचानको लागि  Traffic Police – CMT लेखिएको फ्लोरिसेन्ट ज्याकेट लगाएर आफनो जिम्मेवार कोरिडोर सडकमा मोटरसाइकलमा निरन्तर अनुगमन गर्नेछ । महाशाखाले कोरिडोर सडकहरुमा हुने सवारी चाप व्यवस्थापन, सवारी दुर्घटनामा शीघ्र ट्राफिक परिचालन तथा अव्यवस्थित रुपमा हुने पार्किङलाई नियन्त्रण गर्ने मुख्य उद्देश्य सहित छुट्टै डेडिकेटेड टिम परिचालन गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए । यो टिमले आम सवारी चालकहरुलाई आफ्नो गन्तब्यसम्म पुग्नका लागि छोटो र सहज तरिकाले कोरिडोर सडक प्रयोग गर्न प्रोत्साहन समेत गर्नेछ । मुख्य सडकको चोक जंक्सनको क्युमा बस्नुपर्ने बिकल्पको रुपमा कोरिडोर सडक प्रयोग गरि समय तथा इन्धनको समेत वचत हुने अपेक्षा रहेको एसएसपी भट्टराईले व्यक्त गरे । कोरिडोर सडकको प्रयोगले मुख्य सडकमा हुने सवारी चापमा कमी ल्याउनुको साथै सवारी आवागमन तथा ट्राफिक व्यवस्थापनमा समेत सहजता प्रदान गर्ने महाशाखाको अपेक्षा छ । यो टिमले आफ्नो जिम्मेवार इलाकामा निरन्तर अनुगमन गरी सवारी आवागमनमा सहज बनाई कोरिडोर सडकको सुचारू गर्ने, पुल तथा जक्सनको क्रसिङमा हुने चाप र क्यूलाई व्यवस्थापन गर्ने, जथाभावी पार्किङ गर्ने प्रवृत्तिलाई निरूत्साहित गरी कोरिडोर सडक प्रयोग गर्ने परिपाटीको विकास गरि प्रयोगकर्तालाई प्राथमिकता दिई व्यवस्थापन गरिने महाशाखाका प्रबक्ता एसपी श्यामकृष्ण अधिकारीले बताए । उनले सो टिमले विशेष सक्रियतापूर्वक कोरिडोर व्यवस्थापनमा खटिई जनअपेक्षित प्रभावकारी ट्राफिक व्यवस्थापनमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।  

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...