प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी, कारबाहीमा पर्ने चालकको सङ्ख्या बढ्दै

काठमाडौं - काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी बढाएको छ । सिसिटिभी क्यामेरा तथा अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन (एएनपिआर) प्रणालीको प्रयोग गरी नियम उल्लङ्घन गर्ने गाडी चालकलाई निगरानी गर्दै कारबाहीलाई तीव्र बनाएको जनाएको छ ।

कार्यालयका अनुसार प्रविधिमार्फत निगरानी बढाएपछि कारबाहीमा पर्ने चालकको सङ्ख्या उल्लेख्य बढेको छ । एक वर्षमा कुल ३८ हजार ७७८ जना चालकलाई कारबाही गरिएको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीका अनुसार सडकमा नियम उल्लङ्घन गरेर भाग्ने गाडी चालकलाई क्यामेरामार्फत पहिचान गरी जरिवाना तथा कानुनी कारबाही गरिँदै आएको छ । साथै एएनपिआर क्यामेराले गाडीको नम्बर प्लेट मात्र होइन, चालकको गतिविधिसमेत निगरानी गर्ने गरेको छ ।

कार्यालयको तथ्याङ्कअनुसार २०८२ वैशाखदेखि असार २० गतेसम्म एएनपिआर क्यामेराको सहायताले १५ हजार ९५४ जना चालकलाई कारबाही गरिएको छ । त्यस्तै त्यही अवधिमा सिसिटिभी क्यामेराको निगरानीबाट २२ हजार ८२४ जना चालकलाई जरिवानासहित कारबाही गरिएको छ ।

आधुनिक प्रविधिले ट्राफिक व्यवस्थापनसँगै दुर्घटना अनुसन्धानमा महत्वपूर्ण सहयोग पुगेको छ । कुनै गाडी दुर्घटना गराएर फरार भए पनि क्यामेराले सम्बन्धित मार्गबाट गुज्रिएका गाडीको नम्बर प्लेट र विवरण सुरक्षित राख्ने भएकाले अनुसन्धान र कारबाही गर्न सहज भएको ट्राफिक प्रहरीको भनाइ छ ।  

सम्बन्धित समाचारहरू

नागढुंगा-मुग्लिन सडकमा २४ नयाँ पुल निर्माण गरिने 

नागढुंगा-मुग्लिन सडकमा २४ नयाँ पुल निर्माण गरिने 

काठमाडाैं – नागढुंगा-मुग्लिन सडकमा २४ नयाँ पुल निर्माण गरिने भएको छ।...

सिद्धबाबा सडक खण्डमा बन्ने भयो सुरुङ, ग्लोबल टेन्डर आह्वान

सिद्धबाबा सडक खण्डमा बन्ने भयो सुरुङ, ग्लोबल टेन्डर आह्वान

बुटवल – नेपाल सरकारले सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबावा सडक खण्डमा...

इम्बोस्ड नम्बर प्लेट अब नेपाली भाषामै लेख्न मिल्ने

इम्बोस्ड नम्बर प्लेट अब नेपाली भाषामै लेख्न मिल्ने

लामो समय भाषागत विवाद भएको इम्बोस्ड नम्बर प्लेट अब नेपाली भाषामै लेख्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...