आजदेखि कुर्था–जनकपुर–जयनगर रेल सेवा नियमितरूपमा संचालन हुने
लामो समयदेखि सञ्चालनको पखाइमा रहेको कुर्था–जनकपुर–जयनगर रेल सेवा...
सडकमा सवारी चेकजाँचका क्रममा खटिएका ट्राफिक प्रहरीले तपाईबाट सडक संकेत तथा ट्राफिक नियम उल्लंघन भएको अवस्थामा आबश्यक कागजपत्र लिइ तपाईलाई २४ घण्टे पूर्जी दिन्छन् । कागजपत्र लिएका ट्राफिक प्रहरीले आफ्नो सम्बन्धित कार्यालयमा ती कागजपत्र बुझाउँछन् । सम्बन्धित शाखामा कार्यरत कर्मचारीले Traffic Violation Record System (TVRS) मा ती कागजपत्रहरुको सम्पूर्ण विवरणहरु दर्ता गर्छन् ।
कुनै पनि सवारी चालकले गरेका सवारी सम्बन्धी कसुरहरूको अभिलेखका आधारमा कति जरिवाना तिर्नु पर्ने हो ? यस प्रणालीले स्वचालित रूपमा निर्धारण गर्दछ । यस प्रणाली अन्तर्गत कारवाहीमा परेका व्यक्तिहरूले अनलाइन वित्तीय प्रणाली मार्फत वा सम्बन्धित राजस्व खाता भएको बैंकको शाखाहरूमा गई जरिवाना बापतको राजस्व रकम भुक्तान गर्दा ५०० (पाँच सय) रुपैयाँसम्म जरिवाना हुने कसुरहरु निम्नानुसार रहेका छन् :
Traffic Violation Record System (TVRS) मा रु. ५०० सम्म जरिवाना हुने कसुरहरु
१) सवारी चालक अनुमति पत्र (स.चा.अ.प.), सवारी दर्ता किताव (स.द.कि) र सडक इजाजत पत्र (स.ई.प.) साथमा नराखी सवारी चलाएमा ।
२) आरक्षण सिट सुरक्षित नराखी चलाएमा ।
३) पटके बाटो इजाजत पत्र नलिई सवारी चलाएमा ।
४) खतरापूर्ण मालसामानहरु ढुवानी गर्ने मालवाहक सवारीले साङ्केतिक चिन्ह देखिने गरी नराखी सवारी चलाएमा ।
५) सवारीको सिट बाहेक अन्य भागमा मानिस राखेमा ।
६) तोकिएको ढाँचा अनुसार टिकट जारी नगरेमा ।
७) पैदलयात्री हिड्ने जेब्राक्रसमा सवारी राखेमा ।
८) हर्न निषेध गरिएको स्थानमा हर्न बजाएमा ।
त्यसैले सवारी चालकले सवारी साधन चलाउदा यी नियम उल्लंघन गर्नुहुँदैन । यदि त्यसो भएमा अनावश्यक झमेलामा पर्नुका साथै जरिवाना तिर्नुपर्ने झन्झट समेत हुन सक्छ ।
बिष्णु थापा, ट्राफिक प्रहरी बरिष्ठ नायव निरीक्षक
लामो समयदेखि सञ्चालनको पखाइमा रहेको कुर्था–जनकपुर–जयनगर रेल सेवा...
कहिलेकाहिं उकालो ठाउँमा पनि सवारीको स्टार्ट बन्द हुन सक्छ । यसरी बन्द...
भीआईपी सवारीका कारण बुधबार पनि काठमाडौंका सडकमा यातायात प्रभावित हुने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...