बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं– महानगरिय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा सांगीतिक डमी अभियान सुरु गरेको छ । महाशाखाले काठमाडौं उपत्यकामा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्धेश्यले शनिबारबाट यो अभियान सुरु गरेको हो ।
सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन, सडक सभ्यता अभिवृद्धि गर्न र सडक दुर्घटना न्यूनीकरणका लागि १६ भाद्रदेखि महाशाखाले काठमाडौं महानगरपालिकाको सहयोगमा काठमाडौ उपत्यकाको विभिन्न चोकमा ४५ वटा ट्राफिक डमी राखेको छ । उक्त अभियानलाई थप प्रभावकारी बनाउन तथा ट्राफिक नियम, सडक अनुशासन र सचेतना अभिवृद्धि गर्नका लागि सांगीतिक डमी अभियान सुरु गरिएको महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए । ‘गीत संगीतमा अधिकांश मानिसको ध्यान छिटो आकर्षित हुन्छ,’ उनले भने, ‘गीत संगीतका माध्यमबाट ट्राफिक नियम सिकाउँदा चालक र यात्रुको मनमा छिटो र सजिलोसँग बस्ने तथा त्यसलाई तत्काल व्यवहारमा लागू गर्ने भएकोले यो अभियान सुरू गरिएको हो ।’
डमी सांगीतिक अभियानमा सडक प्रयोगकर्ताहरुलाई ट्राफिक नियम सिकाउनका लागि विभिन्न कलाकारहरूको स्वरमा ट्राफिक सन्देश एवम् ट्राफिक गीतको अडियो तयार गरिएको छ । सो ट्राफिक सन्देश र गीत भएको अडियो क्लिपका माध्यमबाट आम सडक प्रयोगकर्तालाई लक्षित गरी उपत्यकाको भिडभाड हुने मुख्य ५ वटा चोकहरु बानेश्वर, कोटेश्वर, रत्नपार्क, कंलकी र गोगवु नयाँ बसपार्कमा डमीको सहायतामा अडियो बजाएर सचेतना दिइने महाशाखाले जनाएको छ । यी स्थानहरुमा बिहान ३ घन्टा र बेलका ३ घन्टा गरी दैनिक ६ घन्टा गीत बजाइने छ ।
यो अभियानबाट एक महिनामा १ लाख सडक प्रयोगकतालाई ट्राफिक सचेतना दिने लक्ष्य महाशाखाको छ । महाशाखाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र प्रविधियुक्त बनाउन विभिन्न नागरिकमैत्री अभियान सञ्चालन गरिरहेको छ ।
महाशाखाले सडक सचेतना सँगसँगै सडकको वैज्ञानिक विकास र कानुनको कार्यान्वयनलाई एकैसाथ अगाडि बढाइरहेको छ । यस्तै, सचेतना कार्यक्रम अन्तर्गत ट्राफिक उज्यालो कार्यक्रम, पैदलयात्री प्रशिक्षण, सारंगी टोली, प्लेकार्ड र फ्लेक्स बोर्ड प्रदर्शन, मापसे, लेन तथा सवारी दुर्घटना गर्ने चालक उपर दैनिक कक्षा, स्कुल र कलेजमा ट्राफिक कक्षा आदि मार्फत ट्राफिक सचेतना अभियान सञ्चालन गरिरहेको महाशाखाले जनाएको छ ।
शनिबारबाट आरम्भ भएको डमी सांगीतिक अभियानलाई महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआइजी विश्वराज पोखरेलले उद्घाटन गरेका हुन् । कार्यक्रममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, जितु नेपाल, दिपाश्री निरौला लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...