बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि सुरु गरेको सांगीतिक डमी अभियानलाई प्रभावकारी बनाउन भिडियो पनि बनाएको छ, जसलाई महाशाखाले मेट्रो ट्राफिक एफ एम नामक युट्युब च्यानलमा अपलोड गरेको छ ।
सार्वजनिक भिडियोमा हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल, रेखा थापा, मनोज गजुरेल, दिपाश्री निरौला, जितु नेपाल, मोडल मोनिका बुढाथोकी, सामाजिक अभियन्ता योङजोम शेर्पा र राधा पोख्र्रेलको आवाज रहेको छ । साथै, सरोज वलीको ‘रातोमा बत्तीमा रोकिने’ बोलको गीत समेत समावेश गरिएको छ ।
उक्त भिडियो महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालको परिकल्पना तथा शब्द गायक सरोज ओली र डिएसपी जयशंकर शर्माको रहेको छ ।
आम नागरिक, पैदलयात्री, चालकलगायत आम सडक प्रयोगकर्ताहरुलाई ट्राफिक नियम सिकाई सडक सभ्यता अभिवृद्धि गर्न उक्त भिडियो निर्माण गरिएको महाशाखाले जनाएको छ ।
त्यस्तै, महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि सुरु गरेको सांगीतिक डमी अभियान प्रभावकारी बन्दै गएको छ । अभियान शुरू भएको एक हप्तामै १२ हजार ५ सय ३१ जना सांगीतिक डमीको जनचेतनाबाट लाभान्वित भएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...