बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र चोरी भएकामध्ये पछिल्लो ९ महिनामा ३ सय ५७ वटा सवारीसाधन फेला पारी सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको छ।
महाशाखाले बिहीबार मात्र १७ वटा मोटरसाइकल र ९ वटा स्कुटी सवारी धनीलाई जिम्मा लगाएको छ।
काठमाडौँ उपत्यकासहित धादिङ, चितवन, मकवानपुर, बारालगायत जिल्लाबाट हराएका सवारीसाधन फेला पारी जिम्मा लगाएको महाशाखा प्रमुख जनक भट्टराईले जानकारी दिए।
‘अधिकांश मोटरसाइकलहरू एकान्त तथा सुनसान स्थानबाट चोरी हुने गरेको पाइएको छ भने चोरी भएका मोटरसाइकलहरू नम्बर प्लेट र स्वरुप परिवर्तन गरी नक्कली कागजपत्र बनाइ बेचबिखन गर्ने गरेको पाइएको छ’, भट्टराईले भने।
यो आर्थिक वर्षमा मोटरसाइकल तथा स्कुटर चोरीमा संलग्न ४७ जनालाई समेत पक्राउ गरिएको महाशाखाले जनाएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...