फिटनेस ठिक नभएका १८ सुमो प्रहरी नियन्त्रणमा

ट्राफिक प्रहरी प्रमुखमा डिआइजी मिरा चौधरी आएपछि सवारीसाधनको फिटनेस चेकिङमा कडाई हुन थालेको छ । सोही क्रममा हिँजो काठमाडौंको बल्खुमा टाटा सुमोको फिटनेस चेकजाँच गरिएको थियो । चेकिङका क्रममा अवस्था ठिक नभएका १८ ओटा टाटा सुमोलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

ह्याण्ड ब्रेक नभएका, टायरको अवस्था ठिक नभएका लगायत सवारीको विविध यान्त्रिक अवस्था ठिक नभएका १८ ओटा टाटा सुमो जीपलाई नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका सुमोमा यात्रा गर्न तयार यात्रीलाई अन्य सवारी साधनबाट गन्तव्य स्थानतर्फ पठाइएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ । बल्खुबाट देशका विभिन्न स्थानका लागि सुमो जीप छुट्दै आएका छन् ।

यात्रुहरुको सुरक्षालाई मध्यनजर गरेर ट्राफिक प्रहरीले केही समययता सवारी साधनको अवस्था चेकजाँच गर्दै आइरहेको छ ।

सम्बन्धित समाचारहरू

ट्राफिक प्रहरी बन्यो झनै कडा : अब २४ घण्टे पुर्जीमा १५ सय जरिवाना

ट्राफिक प्रहरी बन्यो झनै कडा : अब २४ घण्टे पुर्जीमा १५ सय जरिवाना

काठमाडौं – ट्राफिक प्रहरीले नियम उल्लंघन गरे वापत लाग्ने जरिवाना बढाएको छ...

शुक्रबार देखि होम डेलिभरी नहुने, खाद्यान्नका लागि यी नम्बरमा फोन गर्न सकिने

शुक्रबार देखि होम डेलिभरी नहुने, खाद्यान्नका लागि यी नम्बरमा फोन गर्न सकिने

काठमाडौँ — काठमाडौं उपत्यकामा भोलि जेठ १४ अर्थात शुक्रबारदेखि लागू हुने...

मोटरसाइकल, गाडी र अन्य सामानको आयातमा असार मसान्त सम्म पूर्ण प्रतिबन्ध

मोटरसाइकल, गाडी र अन्य सामानको आयातमा असार मसान्त सम्म पूर्ण प्रतिबन्ध

काठमाडौं – उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...