हराएका २२ वटा दुई पाङग्रे सवारीसाधन ट्राफिक प्रहरीद्वारा सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौँ - हराएका २२ वटा दुई पाङग्रे सवारीसाधन खोजी गरी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले १५ वटा मोटरसाइकल र ७ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

योसँगै चालु आर्थिक वर्षमा ४ सय ६५ वटा सवारी साधन ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ, भने ३० वटा चोरीका २ पाङ्ग्रे सवारीसाधनसहित चोरीमा संलग्न ३४ जनालाई आवश्यक कारबाहीका लागि प्रहरी परिसर र प्रहरी वृत्तमा पठाइएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा, केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाका कपन, गौशाला, सातदोबाटो, नयाँ बसपार्क, सुकेधारा, कोटेश्वर, बालाजु, सोह्रखुट्टे, चोभार, चापागाउँ लगायतका स्थानमा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।

सम्बन्धित समाचारहरू

बाइकर्स नेपालले ल्यायो ५०० सीसीको नयाँ ब्रान्डको स्पोर्ट्स बाइक नेपालमा, यस्तो छ मूल्य र फिचर

बाइकर्स नेपालले ल्यायो ५०० सीसीको नयाँ ब्रान्डको स्पोर्ट्स बाइक नेपालमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं – नेपाली बजारमा पहिले देखि नै क्रस एक्स ब्रान्डका मोटरसाइकल...

मोटरसाइकल र स्कुटरको बिक्रीले गति लिँदै, ५० प्रतिशतले बढ्यो आयात

मोटरसाइकल र स्कुटरको बिक्रीले गति लिँदै, ५० प्रतिशतले बढ्यो आयात

काठमाडौं–कोभिडपछि खस्कदै गएको मोटरसाइकल र स्कुटरको बजारले गति लिन थालेको...

ललितपुरमा ट्रायम्फको नयाँ आधिकारिक सर्भिस सेन्टर, छिट्टै शोरुम समेत सञ्चालन गरिने

ललितपुरमा ट्रायम्फको नयाँ आधिकारिक सर्भिस सेन्टर, छिट्टै शोरुम समेत सञ्चालन गरिने

ललितपुर– ट्रायम्फ नेपालले ललितपुरमा थ्रीएस (सेल्स, सर्भिस र स्पेयर) सुबिधा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...