त्रिपुरेश्वरसहित काठमाडौंका २ दर्जन चोकमा ट्राफिक लाइटको व्यवस्थापन

काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले त्रिपुरेश्वरमा ट्राफिक लाइट व्यवस्थापन गरेको छ । रोटरी क्लव अफ त्रिपुरेश्वरले जडान गरेको ट्राफिक लाइटलाई क्लबले मंगलबार एक कार्यक्रमका बीच महाशाखालाई हस्तान्तरण गरेको हो ।

रोटरी क्लब अफ त्रिपुरेश्वरको ‘ग्रीन त्रिपुरेश्वर’ कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिकासँग समन्वय गरी नयाँ ट्राफिक लाइट जडान गरेको हो । उक्त लाइटलाई क्लबका अध्यक्ष भुवन श्रेष्ठले महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाललाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै महाशाखा प्रमुख ढकालले यसरी नै ट्राफिक प्रहरीसँग मिलेर लागि पर्ने हो भने उपत्यकाको ट्राफिक व्यवस्था सहज बन्न लामो समय नलाग्ने बताए । साथै, राजधानीको ट्राफिक जाम, सवारी दुर्घटना तथा ट्राफिक समस्या समाधानका लापगि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिँदै आएको प्रष्ट पारे ।

यो सँगै काठमाडौंका २४ वटा चोकमा ट्राफिक लाइटको व्यवस्थापन भएको छ । साथै, एकान्तकुना, कुपण्डोल, झम्सिखेल, हनुमानस्थान, मैतीदेवी, सोह्रख्ट्टे, सीतापाइला, बौद्ध, ग्रान्डी लगायतका ११ स्थानमा ट्राफिक लाइटका लागि स्थानीय निकाय, सडक विभाग लगायतका अन्य संघ सस्थासँगको समन्वयमा काम भैरहेको महाशाखाले जनाएको छ ।

प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्राथमिकता दिँदै महाशाखाले सम्बन्धित निकायसँग समन्वय गरी ९ वर्षदेखि बिग्रेर रहेका सिंहदरबार, पद्मादय(सभागृह जाने मोड), पद्मोदय (अनामनगर जाने मोड), पुतलीसडक, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सुविधानगर, गौरीगाउँ, मुनीभैरव, कालिमाटी चोक, कालिमाटी सालिक, परोपकार, टंकेश्वर, नयाँ ठीमी चोक, गौशाला, मित्रपार्क, नारायणगोपाल चोक, महापाल, पुल्चोक, हरिहरभवन, अल्का अस्पताल अगाडी, कमलपोखरी ह्लोत्से चोक, हाँडीगाएँ लगायतका क्षेत्रमा ट्राफिक लाइट सञ्चालनमा ल्याएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...