फेला परे काठमाडौं उपत्यकाबाट हराएका २७ मोटरसाइकल, गरियो हस्तान्तरण
काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा विभिन्न समयमा हराएका २७...
काठमाडौं – सुनधारास्थित नागस्थान चोकमा ट्राफिक बत्ती जडान गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय वाणिज्य बैंकको समन्वयमा नागस्थानमा नयाँ ट्राफिक बत्ती जडान गरेको हो ।
जडान गरिएको बत्तीको आज महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरणकुमार श्रेष्ठले स्वीच उद्घाटन गरेका छन् । कार्यक्रममा महाशाखा प्रमुख भट्टराईले सडक बत्ती जडानसँगै सडक अनुशासन कायम हुनुका साथै दुर्घटनामा कमी आउने बताए । ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोग गरी आवागमन सहज बनाउन चोक चोकमा ट्राफिक बत्ती जडान कार्य तीव्र बनाइएको उनको भनाइ छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको र आज ट्राफिक बत्ती सञ्चालनमा सहयोग गरेको बताए । काठमाडौँ महानगरपालिका–२२ का वडाध्यक्ष चिनकाजी महर्जनले महाशाखाले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा खेलेको महत्वपूर्ण भूमिका प्रशंसायोग्य रहेको बताए ।
आज जडान गरिएको ट्राफिक बत्तीसँगै उपत्यकाका ३२ चोकमा ट्राफिक बत्तीमार्फत सवारी व्यवस्थापन हुँदै आएको छ । रासस
काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा विभिन्न समयमा हराएका २७...
कास्की – पोखरा उपत्यकाभित्र सञ्चालन हुने भाडाका ट्याक्सी आजदेखि मिटरमा...
काठमाडौँ – गत आर्थिक वर्ष २०७९(८० मा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...