बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं– काठमाडौं उपत्यकाका मुख्य चोकमा राखिएका ट्राफिक लाइट प्रयोगविहीन भएका छन् । हाल उपत्यकाका ३३ ठाउँमा राखिएका ट्राफिक लाइट मध्ये ११ वटा प्रयोगविहीन भएका हुन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार हाल केशरमहल, संग्रहालय दक्षिण गेट, माइतीघर, थापाथली, कोटेश्वर, जडिबुटी, सुर्यबिनायक, कौशलटार, सल्लाघारी, टंकेश्वर र परोपकार लगायतका स्थानमा राखिएका ट्राफिक लाइट बेचालू भएका हुन् । यो बाहेक हाल २२ ठाउँमा ट्राफिक लाइट चालु रहेको महाशाखाले जनाएको छ ।
आखिर यी स्थानमा किन चलेनन् ट्राफिक लाइट ? महानगरिय ट्राफिक महाशाखाका प्रवक्ता एसपी रामेश्वर यादव आर्थिक र समन्वय अभावका कारण बिग्रिएका ट्राफिक लाइटको मर्मत हुन नसकेको बताउँछन् । ‘सुरुमा ट्राफिक लाइट सडक विभागले जडान गरेको हो,’ उनले भने, ‘सडक विभाग र स्थानीय निकायमा राम्रो समन्वय नहुँदा आर्थिक अभावकै कारण यी स्थानका लाइट सुचारु हुन सकेको छैन ।’
यद्यपि पहिलाको तुलनामा अहिले अधिकांश ट्राफिक लाइट सुचारु भएको यादव बताउँछन् । यसरी चोकमा राखिएका ट्राफिक लाइट नचल्दा यात्रु र ट्राफिक प्रहरीलाई समेत सवारी साधन व्यवस्थापन गर्न कठिनाई परिरहेको छ । यसैगरी भदौ यता ६ वटा चोकमा ट्राफिक लाइट सुचारु भएको छ । पुल्चोक, हरिहर भवन, अल्का अस्पताल अगाडि, ल्होत्से चोक, भाटभटेनी चोेक, त्रिपुरेश्वर चोक लगायतका स्थानमा भदौ यता विभिन्न निकायसँगको समन्वयमा ट्राफिक लाइट सुचारु गरिएको महाशाखाले जनाएको छ ।
यी स्थानमा चल्छन् ट्राफिक लाइट
महाशाखाको तथ्यांक अनुसार हाल २२ वटा स्थानमा ट्राफिक लाइट चालु छन् । पुतलीसडक, पद्मोदय मोड, सिंहदरबार, कालिमाटी, कालिमाटी चित्रधर शालिक, गौशाला, मित्रपार्क, पुरानोबानेश्वर, नयाँबानेश्वर, तिनकुने (बानेश्वरतर्फ), तिनकुने (एयरपोर्टतर्फं), मुनी भैरव ठिमी चोक, नारायणगोपाल चोक, महापाल चोक लगायतका स्थानमा ट्राफिक लाइट चालु रहेको महाशाखाको तथ्यांकमा उल्लेख छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...