एयरपोर्ट गेटमा बन्यो ट्राफिक लाइट, गरियो शुभारम्भ

काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वय एव पहलमा एयरपोर्ट स्थित गोल्डेन गेटमा नयाँ ट्राफिक लाइट जडान गरी आजदेखि सञ्चालनमा आएको छ ।

ट्राफिक महाशाखाले यति र तारा एयरलाइन्ससँग सहकार्य गरि नयाँ जडान गरिएको ट्राफिक लाईटको आजै एक कार्यक्रमका बीच महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र यति एयरलाइन्सका सीईओ अनोज रिमालले संयुक्त रूपमा उद्घाटन गरे ।

एसएसपी भट्टराईले काठमाडौं उपत्यकालाई सुरक्षित र सभ्य शहरको रुपमा अघि बढाउन, सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन, सवारी व्यवस्थापनमा अझै सहजता ल्याउन चोक चोकमा ट्राफिक लाइट जडानलाई तीव्रता दिएको बताए । प्रविधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्राथमिकता दिएको उनले बताए ।

एसएसपी भट्टराईले भने, ‘हामी ट्राफिक व्यवस्थापनलाई प्रविधितर्फ लग्न प्रयासरत छौ, सम्बन्धित सरोकारवाला निकाय बाहेक बिभिन्न संघ संस्था, बैंक, वित्तीय कार्यालयहरुसँग निरन्तर समन्वय सहकार्य गर्दै आइरहेका छौं । त्यसैको परिणाम स्वरुप आज हाम्रो एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको मुलगेटमा लाइट जडान गरी संचालनमा ल्याएको र आगामी दिनहरुमा अन्य चोकहरुमा समेत ट्राफिक लाइट जडान गर्न हातेमालो गर्ने योजना रहेको छ ।’

कार्यक्रममा बोल्दै एयरलाइन्सका तर्फबाट प्रशासन निर्देशक अञ्जन बडगामीले सामाजिक उत्तरदायित्व बहन गर्दै आम सडक प्रयोगकर्तालाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्यालाई ट्राफिक लाइटले सहयोगी भूमिका खेल्ने बताए ।

कामनपा वडा नं ९ का वडा सदस्य टेकराज अधिकारीले ट्राफिक लाइटको जडान र प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भुमिका खेल्ने बताए ।

ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउदै दुर्घटना न्यूनीकरणको लागि आगामी दिनहरुमा अन्य चोकहरुमा ट्राफिक लाइट जडानको लागि समन्वय एवं सहकार्य गर्दै जाने महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचारहरू

अब बाइकमा मोबाइल स्ट्यान्ड राख्न पाइने, यस्तो आयो आदेश

अब बाइकमा मोबाइल स्ट्यान्ड राख्न पाइने, यस्तो आयो आदेश

काठमाडौं – राइड सेयरिङ प्रयोगकर्ताहरुले प्रयोग गर्दै आएको मोबाइल होल्डर...

आज राजावादी र गणतन्त्रवादीले कहाँ-कहाँबाट निकाल्दैछन् जुलुस ? जाम छल्न कुन रुट प्रयोग गर्ने ?

आज राजावादी र गणतन्त्रवादीले कहाँ-कहाँबाट निकाल्दैछन् जुलुस ? जाम छल्न कुन रुट प्रयोग गर्ने ?

काठमाडौं – आज गणतन्त्र पक्षधर समाजवादी मोर्चा र व्यवस्था उल्टाउन...

सञ्चालनमा आयो पोखराकै पहिलो आकाशे पुल

सञ्चालनमा आयो पोखराकै पहिलो आकाशे पुल

पोखरा – पर्यटकीय नगरी पोखराको मुख्य ठाउँ सिर्जना चोकमा यात्रु आवतजावत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...