सडकमा बढी दुर्घटना हुने स्थान (Black Spot) : जोखिम र जोगिने उपायहरू
बढी दुर्घटना हुने स्थान (Black Spot) भन्नाले सडकको त्यो विशेष खण्ड वा क्षेत्रलाई...
काठमाडौं - आज दिनभर जसो काठमाडौंका विभिन्न स्थानमा सवारी आवागमन प्रभावित हुने भएको छ । चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको भ्रमणलाई मध्यनजर गर्दै उनी जाने स्थानमा पर्ने सडकमा सवारी आवागमन प्रभावित हु्ने भएको हो ।
लीले राष्ट्रपति, प्रधानमन्त्रीसहित राजनीतिक दलका नेताहरुलाई भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
आज बिहान ९ बजेदेखि रविभवन, सोल्टी होटल, कालिमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपन्डोल, माइतीघर, नयाँ बानेश्वरदेखि तीनकुने आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ। अहिले पनि उक्त क्षेत्रमा सवारी चापका कारण ट्राफिक जाम भएको छ।
त्यस्तै, साढे ११ बजेको आसपासमा तीनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माइतिघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु, कालीमाटी, सोल्टी होटल, रविभवनसम्मको सवारी आवागमन प्रभावित हुने भएको छ ।
दिउँसो साढे ३ बजे भने रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।
त्यस्तै, दिउँसो साढे ४ बजेको आसपासमा पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माईतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा पनि सवारी आवागमन प्रभावित हुने भएको छ।
महाशाखाले उक्त समयमा यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। सवारी जामका कारण यात्रुलाई गन्तव्यमा पुग्न घण्टौँ लाग्ने भएको छ।
बढी दुर्घटना हुने स्थान (Black Spot) भन्नाले सडकको त्यो विशेष खण्ड वा क्षेत्रलाई...
काठमाडौ – साना रेस्टुराँ तथा खाजा घरहरुलाई डिजिटल प्लाटफर्ममा जोडेर...
काठमाडौं – काठमाडौं जिल्ला अदालतबाट लगातार हेलमेट चोरेको आरोपमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...