चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको भ्रमण : दिनभर हुनेछ यी स्थानमा जाम

काठमाडौं - आज दिनभर जसो काठमाडौंका विभिन्न स्थानमा सवारी आवागमन प्रभावित हुने भएको छ । चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको भ्रमणलाई मध्यनजर गर्दै उनी जाने स्थानमा पर्ने सडकमा सवारी आवागमन प्रभावित हु्ने भएको हो ।

लीले राष्ट्रपति, प्रधानमन्त्रीसहित राजनीतिक दलका नेताहरुलाई भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

आज बिहान ९ बजेदेखि रविभवन, सोल्टी होटल, कालिमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपन्डोल, माइतीघर, नयाँ बानेश्वरदेखि तीनकुने आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ। अहिले पनि उक्त क्षेत्रमा सवारी चापका कारण ट्राफिक जाम भएको छ।

त्यस्तै, साढे ११ बजेको आसपासमा तीनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माइतिघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु, कालीमाटी, सोल्टी होटल, रविभवनसम्मको सवारी आवागमन प्रभावित हुने भएको छ ।

दिउँसो साढे ३ बजे भने रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

त्यस्तै, दिउँसो साढे ४ बजेको आसपासमा पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माईतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा पनि सवारी आवागमन प्रभावित हुने भएको छ।

महाशाखाले उक्त समयमा यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। सवारी जामका कारण यात्रुलाई गन्तव्यमा पुग्न घण्टौँ लाग्ने भएको छ।

सम्बन्धित समाचारहरू

मुस्ताङदेखि डोल्पा जोड्ने सडक निर्धारित समय अगावै सम्पन्न

मुस्ताङदेखि डोल्पा जोड्ने सडक निर्धारित समय अगावै सम्पन्न

बागलुङ – सडक डिभिजन कार्यालय बागलुङले एउटा सडक परियोजना सम्झौता अवधि...

पर्यटकीय आकर्षणकाे गन्तव्य बन्दै ‘हिमालयन ग्रेट ट्रेल’

पर्यटकीय आकर्षणकाे गन्तव्य बन्दै ‘हिमालयन ग्रेट ट्रेल’

सिन्धुपाल्चाेक जिल्लाको हेलम्बु गाउँपालिकाले आफ्नो गौरवको आयोजनामा...

अनलाइनबाटै गाडी भाडामा लिन सकिने, सजिलो रेन्टलले ल्यायो यस्तो सुविधा

अनलाइनबाटै गाडी भाडामा लिन सकिने, सजिलो रेन्टलले ल्यायो यस्तो सुविधा

सजिलो रेन्टलले अनलाइन गाडी रेन्टको सुविधा प्रदान गर्दै आएको छ । यो सुविधा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...