पैदल यात्रीको हिड्ने साइड कता ? दायाँबाट कि बायाँबाट ?
धेरै पैदलयात्री सडकमा हिड्ने क्रममा बायाँ साइडबाट हिड्नु पर्छ भन्ने...
काठमाडौं – कुनै सवारी धनीले ट्राफिक नियम उल्लंघन गरेमा अब मोबाइलमा एसएमएसमार्फत जरिवानाको जानकारी आउने भएको छ । यातायात व्यवस्था विभागले हाल प्रचलनमा रहेको कागजी चिटको चलनलाई हटाएर नयाँ व्यवस्था गर्ने भएको छ ।
विभागका महानिर्देशक नमराज घिमिरेले यसका लागि आवश्यक एप तयार गर्ने कार्यमा विभाग लागेको बताएका छन् । यसका लागि अध्ययन अगाडि बढेको र प्रतिवेदन तयार भए पछि प्रक्रिया अगाडि बढ्ने छ ।
कसैले नियम उल्लंघन गरे एपमा सवारी साधनको विवरणसहित कसुर अपलोड गर्नेछन्। उक्त विवरण सिधै ट्राफिक प्रहरीको सिस्टममा जान्छ। सिस्टमले चालकलाइ कारबाहीमा परेको जानकारीसहितको एसएमएस पठाउने छ ।
सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट भए झन् यो कार्य सहज हुनेछ । इम्बोस्ड नम्बर प्लेटमा राखिएको चिप्समा सवारी साधनदेखि चालकसम्मको विवरण हुन्छ। ट्राफिक प्रहरीलाइ उक्त चिप रिड गर्न सक्ने मेसिन दिइएको हुन्छ। शहरका विभिन्न स्थानमा चिप रीड गर्न सक्ने मेसिन सहितको गेटहरु राख्ने योजना छ।
आगामी साउन १ देखि नयाँ र नवीकरण गरिने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सरकारी योजना छ । यसो भयो भने ट्राफिक प्रहरीले सवारी साधनलाई कारवाही गर्न पनि सहज हुनेछ ।
धेरै पैदलयात्री सडकमा हिड्ने क्रममा बायाँ साइडबाट हिड्नु पर्छ भन्ने...
मास ट्रान्सपोर्टेसनको जगतमा नयाँ आयाम थप्ने प्रविधिको रूपमा हेरिएको...
नयाँ वर्षको पहिलो दिन मीठो खाएमा वा राम्रो ठाउँ घुमेमा वर्षभरको अवधि पनि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...