आज देखि ट्राफिक जरिवाना क्युआर कोडबाटै तिर्न सकिने, बैंक जानु नपर्ने

काठमाडौँ - महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा ‘क्युआर कोड’को प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्युआर कोडको  प्रयोग गरी मोबाइलबाट नै जरिवाना तिर्न सकिने व्यवस्था गरेको जनाएको छ।

महाशाखाले बिहीबार एक कार्यक्रमका बीच यो सेवा शुभारम्भ भएको घोषणा गरेको छ। यो सेवा प्रारम्भ भएसँगै जरिवानाको पैसा तिर्न प्रहरी कार्यालयमा वा बैंंकमा गएर लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुने ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्माले बताए। 

शर्माका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई प्रहरीले क्युआर कोड भएको चिट काटेर दिनेछ। त्यही चिटको आधारमा मोबाइलबाट स्क्यान गरेर रकम भुक्तानी गर्न सकिने शर्माले जानकारी दिए। 

महाशाखाले आज शुक्रबारबाट लागू हुने गरी कारबाहीमा परेका सवारीसाधनका चालकहरूले ट्राफिक प्रहरीको चिटमा छापिएका क्युआर कोडमार्फत् रकम भुक्तानी गर्नसक्ने व्यवस्था मिलाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । 

उनका अनुसार आफूसँग सुविधा भए चिटको क्युआर कोडलाई स्क्यान गरेर कारबाहीको रकम भुक्तानी गर्न सकिन्छ । प्रमुख भट्टराईले ट्राफिक प्रहरी अब कारबाही गर्दा डकुमेन्ट नै लिनु नपर्ने प्रविधि विकास गर्न लागिरहेको बताए ।

प्रमुख भट्टराईले क्युआर कोडमार्फत् आफैँ भुक्तानी गर्न मिल्ने व्यवस्था केही दिनका लागि ग्लोबल आइएमई बैङ्कको क्युआर कोडबाट भुक्तानी गर्न सकिने र निकट भविष्यमै अन्य ५० भन्दा धेरै बैङ्क तथा प्रविधिमैत्री बन्दै गएपछि देशभरमा रहेका सबै बैङ्कबाट कारबाहीको रकम भुक्तानी गर्न सकिने बताए । 

सम्बन्धित समाचारहरू

अर्को महिना देखि रेल चलाइने, देउवा र मोदीद्वारा उद्घाटनको तयारी

अर्को महिना देखि रेल चलाइने, देउवा र मोदीद्वारा उद्घाटनको तयारी

धनुषा – धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला...

दुबईमा कार धुने एक नेपाली युवाले जिते ३४ करोडको चिठ्ठा

दुबईमा कार धुने एक नेपाली युवाले जिते ३४ करोडको चिठ्ठा

दुबईमा कार धुने काम गरिरहेका एक नेपाली युवाले करिव ३४ करोड रुपैयाँको...

राजा महेन्द्रको दोश्रो अमेरिका भ्रमण : कारमा नेपाल तथा अमेरिकी झण्डा

राजा महेन्द्रको दोश्रो अमेरिका भ्रमण : कारमा नेपाल तथा अमेरिकी झण्डा

अमेरिकी राष्ट्रपति लिन्डन वि जानसनको निमन्त्रणामा २०२४ साल कार्तिक १५ गते...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...