लामो दूरीका गाडी बसपार्कबाट मात्रै छुट्ने व्यवस्था लागु
काठमाडौँ । काठमाडौँ उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न...
काठमाडौं – अब ट्राफिक जरिबाना तिर्नका लागि बैंकमा लाइन बस्नुनपर्ने भएको छ। महानगरीय ट्राफिक महाशाखाले ट्राफिक नियम उल्लङ्घन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिबाना रकम प्रभु–पेको किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्थाको शुरुवात गरेको छ।
यसअघि जरिबाना तिर्न ग्लोबल आईएमई बैंकमा गएर लाइन बस्नुपर्ने अवस्था थियो। हाल ट्राफिक प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै विभिन्न ६४ वटा बैंकको मोबाइल बैंकिङ, डिजिटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक संस्थाहरु र क्यूआर कोडमार्फत् समेत जरिबाना तिर्न सकिने प्रणाली सञ्चालनमा छन् ।
एक कार्यक्रमका बीच ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र प्रभु–पेका अध्यक्ष कुसुम लामाले संयुक्त रुपमा नगद पैसा हालेर ट्राफिक जरिबाना तिर्न सकिने प्रविधिको उद्घाटन गरेका हुन्।
कार्यक्रममा बोल्दै एसएसपी जोशीले ट्राफिक सेवालाई थप प्रविधिमैत्री बनाउँदै आम सेवाग्राहीलाई ट्राफिक जरिबाना तिर्न सरल एव सहज होस भन्ने उद्देश्यले यो मेसिनको जडान गरेको बताए।
उनले आम सेवाग्राहीको सहजताको लागि किअस्क मेसिन जडानको लागि प्रभु–पेलाई हार्दिक धन्यबाद दिँदै थप ट्राफिक कार्यालयहरुमा सेवा बिस्तार गर्न समेत सहयोग हुने अपेक्षा गरे।
कोरोना संक्रमणको समयमा ट्राफिक कार्यालय र बैंकमा हुने अनावश्यक भिडभाडमा कमी आउने र कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न समेत यो मेसिनले महत्वपूर्ण भूमिका खेल्ने ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एव एसपी संजीब शर्मा दासले बताए।
कसरी तिर्ने मेसिनबाट जरिवाना ?
सर्बप्रथम प्रभु(पेको किअस्क मेसिनमा रहेको ट्राफिक प्रहरीको लोगोमा क्लिक गरि स्क्रिनमा देखिने चिट नम्बर र आर्थिक बर्ष टाइप गरि नेक्सट बटन थिच्चनुहोस । त्यसपछि देखिने चिट नम्बर लगायतको सुचना चेक गरि नेक्सट बटनमा थिचेर तिर्नुपर्ने रकम मेसिनमा हालेर भुक्तानी गर्नुहोस । भुक्तानी सफल भए पश्चात प्रिन्ट भएको रसिद सहित ट्राफिक कार्यालयमा गई आफ्नो कागजपत्र लिन सकिन्छ ।
ट्राफिक कार्यालयमा सेवा लिन आउने सम्पूर्ण सेवाग्राहीलाई सहज एवं सरल रुपमा सेवा दिन सधैं तत्पर रहेको र अबका दिनमा समेत थप प्रविधिमा जोड दिने महाशाखाले जनाएको छ।
विभिन्न प्रविधिको प्रयोग गरी ट्राफिक जरिबाना भुक्तानी गर्न आम सेवाग्राहीलाई ट्राफिक प्रहरी महाशाखाले अनुरोध समेत गरेको छ।
काठमाडौँ । काठमाडौँ उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न...
आज न्यु इयर इभ हो । सन् २०२१ विदा भएर भोलि देखि २०२२ लाग्दैछ । आज संसारभर...
वन तथा वातावरण विभागले आज पुस १ गतेदेखि प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...