अब ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न मिल्ने

काठमाडौं– सवारी नियम उल्लंघन गरेर ट्राफिक कारवाहीमा परे बापत चालकले तिर्नुपर्ने जरिवाना अब अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी उल्लंघन गरी चालकले तिर्नुपर्ने जरिवाना अनलाईनबाटै भुक्तानी गर्न मिल्ने व्यवस्था गर्ने तयारी गरेको छ ।

जसका लागि महाशाखाले सफ्टवेयरको विकास गरिसकेको छ । महाशाखाका तत्कालीन प्रमुख एसएसपी भीम प्रसाद ढकालले भने, ‘चालकहरुलाई जरिवाना वापतको राजश्व तिर्न सहज होस् र भीडभाड कम होस् भन्ने उद्देश्यले अनलाइनमार्फत जरिवाना भुक्तानी गराउने व्यवस्था गराएका हौं । यसका लागि सफ्टवेयर बनिसकेकाले केही दिनमै यसको सुरुवात हुनेछ ।’ महाशाखामा ढकालको ठाउँमा एसएसपी जनक भट्टराई आएका छन् ।

महाशाखाको प्रमुखका रुपमा ढकालको पालामा उपत्यकाको ट्राफिक व्यवस्थापनमा निकै सुधारका कामहरु भए । भीभीआईपीको सुरक्षित ट्राफिक व्यवस्थापन, विशिष्टिकृत ट्राफिक सचेतना, यात्रुमैत्री कार्यक्रम, सवारी नियम कार्यान्वयन, कारवाही तथा जरिवाना र राजश्व संकलन, जाम कम गर्न स्थलगत सुधार, ट्राफिक स्वयंमसेवक परिचालन, प्रविधिमैत्री ट्राफिक व्यवस्थापन, सवारी दुर्घटनामा न्युनीकरण गरी मानवीय क्षतीमा कमी, लकडाउन कार्यान्वयन लगायतका क्षेत्रमा उल्लेख्य सुधार भएको महाशाखाले जनाएको छ ।

ट्राफिक जरिवानाको अनलाइन भुक्तानीको सेवा सुरु भएसँगै अब जरिवाना परेका चालकहरुले घरमै बसेर तिर्न सक्नेछन् । यसले जरिवाना बापतको रकम तोकिएको बैंकमा पुगेर जम्मा गर्नुपर्ने बाध्यता हटेको महाशाखाले जनाएको छ । यो भन्दा पहिला महाशाखाले सवारी साधनको कागजात र सवारी साधन हराएको उजुरी पनि अनलाइनबाटै दिन सकिने व्यवस्था गरेको थियो ।

यो सँगै महाशाखाले थप ११ स्थानमा ट्राफिक लाइट जडान गर्ने प्रक्रियामा रहेको जनाएको छ । यस्तै, उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धी एकिकृत कार्ययोजना–२०७७ स्वीकृत भै कार्यान्वयनको चरणमा रहेको, मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको प्रशारण क्षमता ५०० वाट बाट १ हजार वाट पुर्याउने कार्य प्रक्रियामा रहेको, उपत्यका भित्रिने र बाहिरिने सवारी तथा यात्रु गणना गर्ने सफ्टवेयर र सवाी दुर्घटना पश्चात बीमा प्रयोजनको लागि दिइने सिफारिस अनलाइन सफ्टवेयर निर्माण भैरहेको र सुविधानगरमा ६ आना जग्गामा सार्वजनिक ट्राफिक स्कुल निर्माण भैरहेको महाशाखाले जनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...