ट्राफिक सचेतना विशेष अभियान २०८१ शुरु, ऐन संशोधनमा गृहमन्त्री प्रतिबद्ध

काठमाडौं – ट्राफिक जनचेतना अभिवृद्धिका लागि ट्राफिक प्रहरीले साताव्यापी रुपमा “ट्राफिक सचेतना विशेष अभियान २०८१” आजबाट सुरु गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको उक्त कार्यक्रमको उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा पानसमा दीप प्रज्वलन गरि औपचारिक उद्घाटन गरे ।

कार्यक्रमको सुरुवाती क्रममा गृहमन्त्री लामिछाने समेतको उपस्थितिमा आज विहान नेपाल वायु सेवा निगम अगाडिबाट शुरु भएको प्रभातफेरी वीर अस्पताल, पुरानो बसपार्क हुँदै राष्ट्रिय सभागृहमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रममा आफ्नो स्वागत मन्तव्य राख्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दैै दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक जनचेतना अभिवृद्धिका लागि शुरु गरिएको यस कार्यक्रमलाई सफल पार्न आ–आफ्नो क्षेत्रबाट सहयोग तथा हाम्रो सडक मेरो सवारी, ट्राफिक नियम पालना पनि मेरो जिम्मेवारी भन्ने नारा सहित ८ वटा ट्राफिक प्रतिवद्धता पालना गर्न सबैमा आग्रह समेत गरे ।

कार्यक्रमको  सफलताको शुभकामना दिदै प्रमुख अतिथि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सवारी तथा यातायात व्यबस्था ऐन २०४९ लाई समय सापेक्ष रुपमा परिवर्तन गर्नुका साथै ऐनमा देखिएका समस्यालाई समाधान गर्न आफू प्रतिवद्ध रहेको बताए  । 

मन्तव्यकै क्रममा उपप्रधान एवम् गृहमन्त्री लामिछानेले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई नरम बोलीमा कारबाही भने कडा गर्न र आफ्नो काम कर्तव्य तथा जिम्मेवारीलाई निष्ठापूर्वक निर्वाह गर्न सडकमा खटिने ट्राफिक प्रहरीहरुलाई निर्देशन समेत दिए ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले ट्राफिक व्यवस्थापन सुधारका लागि आ–आफ्नो क्षेत्रबाट गरेको सहयोगका लागि सम्बन्धित सबैलाई धन्यवाद दिए । 

एक हप्तासम्म निरन्तर चल्ने यस कार्यक्रममा आरक्षण सिट कार्यान्वयन, भाडादर सूची चेकजाँच, यात्रुमैत्री व्यवहार भए – नभएको अनुगमन, पैदलयात्रीसँग १ मिनेट कार्यक्रम, मोटरसाइकल चालकसँग २ मिनेट कार्यक्रम, जिरो ट्राफिक भायोलेसन, किप क्लियर, यात्रुवाहक सवारी साधन परीक्षण र पुलिस ब्यान्ड डिस्प्ले गर्नुका साथै मेट्रो ट्राफिक एफएमबाट ट्राफिक सचेतना विशेष संवाद कार्यक्रम गरेर मनाइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

दिनहुँ हुने ट्राफिक नियम उल्लङ्घन, सडकको अवस्था, सवारीको यान्त्रिक गडबडी र सडक प्रयोगकर्तामा ट्राफिक  नियमको पर्याप्त ज्ञानको अभाव पनि सवारी दुर्घटनाका कारण बनेकाले सडक सुरक्षा  तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि यस कार्यक्रमको आयोजना गरिएको समेत प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले बताए । 

कार्यक्रममा गृह सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर, काठमाडौं महानगरपालिकाकी उप–प्रमुख सुनिता डंगोल लगायत प्रहरीका बरिष्ठ अधिकृतहरु र अन्य धेरैको सहभागिता रहेको थियो । 

सम्बन्धित समाचारहरू

ट्राफिक नियम उल्लंघन गरेमा अब चिट काट्ने होइन एसएमएस आउने

ट्राफिक नियम उल्लंघन गरेमा अब चिट काट्ने होइन एसएमएस आउने

काठमाडौं – कुनै सवारी धनीले ट्राफिक नियम उल्लंघन गरेमा अब मोबाइलमा...

चिनियाँ ट्रकमा यात्रा गर्दै हिल्सामा पहिलो पटक पुग्यो बस

चिनियाँ ट्रकमा यात्रा गर्दै हिल्सामा पहिलो पटक पुग्यो बस

हुम्ला – रसुवाको केरुङ नाकाबाट चीनको तिब्बती मार्ग हुँदै नेपाल र चीनको...

नारायणगढ–मुग्लिन सडकमा थप १५ दिन दिउँसो सवारी बन्द हुने

नारायणगढ–मुग्लिन सडकमा थप १५ दिन दिउँसो सवारी बन्द हुने

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा थप १५ दिन दिउँसोको समयमा यातायात बन्द...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...