६६ लाखको टोयोटा राइज देखि ४ करोड ९५ लाख सम्मको ल्यान्डक्रुजर एलसी ३०० नेपालमा

काठमाडौं – प्रिमियम ब्रान्ड मानिने टोयोटाका विभिन्न मोडलका गाडी नेपाली बजारमा उपलब्ध छन् । नेपाली बजारमा टोयोटाको सबैभन्दा कम मूल्यको गाडी राइज हो । यो म्यानुअल र अटोमेटिक गरी दुई भेरिएन्टमा नेपाली बजारमा उपलब्ध छ । यसको मूल्य क्रमशः ६६ लाख र ७२ लाख ५० हजार रुपैयाँ छ । यो नेपाली बजारमा टोयोटाले भित्र्याएको सबैभन्दा पछिल्लो मोडल पनि हो ।

नेपाली बजारमा उपलब्ध टोयोटा रस एमटीको मूल्य ८८ लाख ७५ हजार र एटीको मूल्य ९१ लाख रुपैयाँ छ ।

टोयोटाका हाइलक्स पिकअप र हायस गाडी पनि नेपालमा निकै लोकप्रिय छन् । हाइलक्स पिकअप २.४ लिटर र २.८ लिटर गरी दुई भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य क्रमशः ९६ लाख र १ करोड १० लाख रुपैयाँ छ । त्यसैगरी हायसको मूल्य ९० लाख रुपैयाँ छ । हायस नेपालमा लामो दुरीको यात्रामा विशेष रुचाइएको गाडी हो ।

नेपाली बजारमा टोयोटा ¥याभ फोर तीन भेरिएन्टमा उपलब्ध छ । ¥याभ फोर म्यानुअअलको मूल्य १ करोड ५६ लाख, अटोमेटिकको मूल्य १ करोड ६३ लाख र हाइब्रिडको मूल्य १ करोड ८७ लाख रुपैयाँ छ ।

२७५५ सीसीको ल्यान्डक्रुजर प्राडो अर्को महंगो र प्रिमियम सवारी साधन हो । यो टीएक्स एमटी र एटी तथा भीएक्स एमटी र एटी गरी ४ भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य क्रमशः २ करोड ८३ लाख, २ करोड ८६ लाख, ३ करोड २२ लाख र ३ करोड ३० लाख रुपैयाँ छ ।

नेपाली बजारमा उपलब्ध टोयोटा फर्चुनर एमटीको मूल्य २ करोड १७ लाख र एटीको मूल्य २ करोड २७ लाख रुपैयाँ छ । त्यसैगरी कोरोला क्रस पनि इन्ट्री, हाई र हाइब्रिड गरी ३ भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य क्रमशः १ करोड १६ लाख ५० हजार, १ करोड ३८ लाख ५० हजार र १ करोड ५७ लाख रुपैयाँ तोकिएको छ ।

नेपाली बजारमा युनाइटेड ट्रेडर्स सिन्डिकेन्ट प्रालिले टोयोटाका गाडी बिक्री–वितरण गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

विश्वमा सबैभन्दा धेरै गाडी बिक्री गर्ने कम्पनी बन्यो टोयोटा, फक्सवागन दोस्रो

विश्वमा सबैभन्दा धेरै गाडी बिक्री गर्ने कम्पनी बन्यो टोयोटा, फक्सवागन दोस्रो

जापानी कार निर्माता कम्पनी टोयोटा लगातार तेस्रो वर्ष पनि सबैभन्दा धेरै...

जान्नुहोस् विश्वका १५ प्रसिद्ध कार कम्पनीको नाम कसरी रहयो र यसको अर्थ के हो ?

जान्नुहोस् विश्वका १५ प्रसिद्ध कार कम्पनीको नाम कसरी रहयो र यसको अर्थ के हो ?

काठमाडौं –  हरेक कम्पनीको पहिचान कम्पनीको नामले हुने गरेको छ । हरेक...

वर्ल्ड कार ग्रुप -याङकिङको १०औं नम्बरमा उक्लियो बीवाईडी, टोयोटा पहिलो नम्बरमा

वर्ल्ड कार ग्रुप -याङकिङको १०औं नम्बरमा उक्लियो बीवाईडी, टोयोटा पहिलो नम्बरमा

सन् २०२३ को वर्ल्ड कार ग्रुप -याङकिङङमा टोयोटाको बर्चस्व देखिएको छ । यसमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...