टोयोटाले सार्वजनिक ग-यो पहिलो अल–इलेक्ट्रिक एसयूभी बीजेड४एक्स, ५०० किमी रेन्ज दिने

टोयोटाले पहिलो अल–इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ । जसलाई बीजेड४एक्स (bZ4X) भनिएको छ । यो कम्पनीको बीजेड सिरिजको पहिलो मोडल हो । यसमा बिजेड नामको अर्थ बियोन्ड जिरो हो ।

टोयोटा बीजेड४एक्सको लागि ईभी प्लेटफर्मको रुपमा सुबारु कर्पोरेसनसँगको सहकार्य गरेको छ । इलेक्ट्रिक एसयूभीलाई अफ–रोड क्षमताका साथ सुसज्जित गर्ने लक्ष्यका साथ यसको विकास गरिएको हो । कम्पनीले धेरै वर्षसम्म सुरक्षित र सजिलैसँग चलाउन सकिने इलेक्ट्रिक ब्याट्री निर्माण गर्न चाहेको सन्दशे समेत दिएको छ ।

नयाँ ईभीमा ७१.४ केडब्ल्युएचको ब्याट्री प्याक समावेश गरिने छ । यसमा जडान गरिएको ब्याट्री फ्रन्ट ह्विल ड्राइभ भेरिएन्टको लागि ५०० किमी र अल ह्विल ड्राइभ भेरिएन्टको लागि लगभग ४६० किमी रेन्ज दिने दाबी गरिएको छ । फ्रन्ट ह्विल ड्राइभ भेरिएन्ट सिंगल चार्जमा १५० किलोवाटको मोटर स्पोर्ट गर्छ । अल ह्विल ड्राइभको लागि प्रत्येक एक्सलमा ८० किलोवाटको मोटर समावेश गरिएको छ ।

टोयोटाको यो ईभी विश्वभर हाई आउटपुट चार्जरको साथ आउने र १५० किलोवाटको डाइरेक्ट करेन्ट क्षमताको साथ ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिने उल्लेख गरिएको छ ।

नयाँ टोयोटा बीजेड४एक्स ईभी एक मध्यम आकारको एसयूभी हो । इन्टेरियरका लागि ग्राहक रेगुलर शेपको स्टेयरिङ ह्विलको साथै विंग आकारको स्टेयरिङको बीच स्टेयरिङ बाई वायर सिस्टमको छनौट गर्न स्वतन्त्र हुनेछन् । कम्पनीले आउँदो सन् २०२५ सम्ममा ७ अन्य बीजेड मोडल ल्याउने गर्ने योजना बनाएको छ । टोयोटाले सन् २०२२ को मध्यमा बीजेड४एक्स लन्च गर्ने योजना बनाएको छ ।

सम्बन्धित समाचारहरू

टोयोटाले सुजुकीसँगको सहकार्यमा ल्यायो नयाँ हाइब्रिड एसयूभी

टोयोटाले सुजुकीसँगको सहकार्यमा ल्यायो नयाँ हाइब्रिड एसयूभी

टोयोटाले भारतमा नयाँ मिड साइज एसयूभी हाइराइडर सार्वजनिक गरेको छ । पुरै...

विर्तामोडमा टोयोटाको टेस्ट ड्राइभ तथा एक्सचेञ्ज कार्यक्रम सुरु, इटहरीमा पनि हुने

विर्तामोडमा टोयोटाको टेस्ट ड्राइभ तथा एक्सचेञ्ज कार्यक्रम सुरु, इटहरीमा पनि हुने

काठमाडौं – नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...

इन्फोटेनमेन्ट सिस्टम सहितको टोयोटा हाइलक्स जनवरीमै लन्च हुँदै

इन्फोटेनमेन्ट सिस्टम सहितको टोयोटा हाइलक्स जनवरीमै लन्च हुँदै

टोयोटाले आफ्नो नयाँ पिकअप ट्रक हाइलक्स जनवरी २०२२ मा लन्च गर्न लागेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...