टोयोटाले देखायो एक साथ १५ वटा इभीको कन्सेप्ट, इभीको बजारले थप उचाई लिने

बिश्वको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी टोयोटाले एकसाथ १५ वटा इभीको कन्सेप्ट सार्बजनिक गरेको छ । टोयोटाका अध्यक्ष अकियो टोयोडाले हालै यी कन्सेप्ट कार सार्बजनिक गरेका हुन् । उनले सन् २०३० सम्ममा टोयोटा र लेक्सस ब्रान्डमा ३० वटा इलेक्ट्रिक कार लन्च गर्ने र उक्त समय अबिधीििभत्र ३५ लाख यस्ता गाडी बिक्री गरिने उद्घोस समेत गरेका छन् । नयाँ इभी सेडान, एसयुभी, सुपर कार र कमर्सियल भेहिकल गरी सबै सेग्मेन्टमा उपलब्ध हुने उनको भनाई छ ।

बिश्वका प्राय सबैजसो ठूला अटोमोबाइल उत्पादकहरु इभीमा आक्रमक बन्दै गएपिन टोयोटा भने यो रेसमा मौन रहदै आएको थियो । तर बाताबरण प्रदुषण कम गर्न इभीको उत्पादन बढाउनुपर्ने बिश्वब्यापी दबाव बढ्दै गएपछि टोयोटाले यस्तो निर्णय लिएको हो ।

पहिलो चरणमा युरोप र जापनको बजारलाई लक्षित गरी कम्प्याक्ट एसयुभी लन्च गर्ने र त्यस लगत्तै अर्को नयाँ एसयुभी र सेडान कार लन्च गर्ने उसले योजना बनाएको छ । यी उत्पादनलाई नर्थ अमेरिका र चाइना हुँदै बिश्वभर फैलाउने रणनिती समेत उसले तय गरेको छ । टोयोटाले उत्पादन गर्ने इभीलाई बढी भन्दा बढी उपभोक्ताको पहुँचसम्म पुर्याउन मूल्य समेत कम गर्दै जाने अध्यक्ष टोयोडाले बताए । जसका लागि ब्याट्रिको बिकासमा यसअघि गर्ने भनिएको ५ सय बिलियन जापनिज यनलाई बढाएर २ ट्रिलियन यान पुर्याइएको छ ।

टोयोटाको यो निर्णयले बिश्वब्यापी रुपमा बढ्दै गएको इभीको प्रभाव द्रुततर गतिमा बिस्तार हुने अपेक्षा गरिएको छ । उसको यो निर्णयले अन्य ठूला उत्पादक कम्पनीमाथी समेत इभीको बिकासमा ठूलो रकम लगानी गर्नुपर्ने दबाव बढ्ने देखिएको छ । जसले भोलीका दिनमा इभीको बजारलाई तिब्र गतिमा बिस्तार गर्न मद्धत आँकलन गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

खारेज भयो एप्पल कार प्रोजेक्ट, अब एप्पलले कार नबनाउने

खारेज भयो एप्पल कार प्रोजेक्ट, अब एप्पलले कार नबनाउने

अरबौं खर्च गरिएको, धेरै नेतृत्व परिवर्तन भएको र अनगिन्ती अफवाहहरूका साथ...

विद्युतीय सवारीमा दक्षिण एसियामै सबैभन्दा कम कर नेपालमा भएको अर्थमन्त्रीको भनाइ

विद्युतीय सवारीमा दक्षिण एसियामै सबैभन्दा कम कर नेपालमा भएको अर्थमन्त्रीको भनाइ

काठमाडौं – अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय सवारी साधनको...

चांगानको प्रतिष्ठित ‘सांग्रिला न्यु इनर्जी नीति अवार्ड’ बाट सम्मानित भयो एमएडब्लु वृद्धि

चांगानको प्रतिष्ठित ‘सांग्रिला न्यु इनर्जी नीति अवार्ड’ बाट सम्मानित भयो एमएडब्लु वृद्धि

काठमाडौं – नेपालका लागि चांगान तथा दिपलका फ्युचरिस्टिक ईभीको आधिकारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...