जीएसी एवोन भीमा आधारित टोयोटा बीजेड३एक्स ईभीमा क्रेज, पहिलो घण्टामै १० हजार युनिट अर्डर
टोयोटाले तेस्रो ईभीको रुपमा बीजेडथ्रीएक्स ( बीजेड३एक्स) एसयूभी चीनमा...
टोयोटाको लोकप्रिय एसयुभी र्याभ–४ विश्वमा सर्बाधिक बिक्री हुने कार बनेको छ । सन् २०२४ मा अमेरिकामा सर्बाधिक बिक्री हुने कारको पहिचान बनाएको र्याभ–४ ले सोहि वर्ष टेस्ला मोडल वाईलाई पछि पार्दै विश्वको सर्बाधिक बिक्री हुने कार बनेको हो ।
दुई मोडेल बीचको लडाई धेरै कडा भएको र केवल २ हजार युनिको मात्रै अन्तर रहेको जाटो डाइनामिक्सका फेलिप मुनोजद्वारा प्रकाशित गरिएको तथ्यांकले देखाएको छ । जाटो डाइनामिक्सले राष्ट्रिय तथ्याङ्क कार्यालय, डिलर संघ र ग्राहक कार्यालय जस्ता स्रोतहरू मार्फत वर्षौंदेखि यी बिक्री संख्याहरू सही रूपमा संकलन गर्दै आएको छ ।
यो त्यही कम्पनी हो जसले गत वर्ष अमेरिकामा एफ–१५० को प्रभुत्वको दाबीलाई ध्वस्त पार्ने संख्याहरू प्रकाशित गरेको थियो ।
केही बजारहरूमा वाइल्डल्याण्डरको रूपमा समेत बिक्री हुने र्याभ–४ सन् २०२४ मा कुल ११ लाख ८७ हजार युनिट बिक्री भएको जनाइएको छ । जुन २०२३ को तुलनामा ११ प्रतिशतले बढि हो । सोहि अवधीमा टेस्लाले ११ लाख ८५ हजार मोडल वाई बिक्री गर्दा उसको बजार अघिल्लो वर्षको तुलनामा ३ प्रतिशतले घटेको थियो ।
टोयोटाले नेक्स्ट जेनेरेसन र्याभ–४ लाई २०२६ मा लान्च गर्दैछ, जुन पूर्ण–हाइब्रिड भर्सनमा समेत आउनेछ । यसैगरी, टेस्लाले भने प्रमुख अपडेट सहित मोडल वाईको नयाँ उपनाम जुनिपर ल्याइसकेको छ । टेस्लाले यस वर्ष युरोपसहित धेरै बजारहरूमा निरन्तर गिरावटको सामना गरिरहेको छ ।

टोयोटाले तेस्रो ईभीको रुपमा बीजेडथ्रीएक्स ( बीजेड३एक्स) एसयूभी चीनमा...
काठमाडौं – नेपालका लागि टाेयाेटाकाे आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...
काठमाडौं – नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...