टोयोटा नेपालले राइज लन्च गर्दै, बुकिङ खुल्ला

काठमाडौं – नेपाली बजारमा टोयोटाको नयाँ कम्प्याक्ट एसयूभी राइज आउने भएको छ । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा राइज आगामी डिसेम्बरमा लन्च गर्ने तयारी गरेको बताएको छ । टोयोटा नेपालको फेसबुक पेजबाट समेत यसको जानकारी सार्वजनिक हुनुका साथै यसको बुकिङ समेत प्रारम्भ भएको कम्पनीले औपचारिक जानकारी दिएको छ ।

राइज १.२ लिटर इन्जिन र १.० लिटर टर्बो इन्जिनमा नेपाली बजारमा उपलब्ध हुनेछ । १.२ लिटर इञ्जिनले ८७ एचपी पावर र ११३ एनएम टर्क प्रदान गर्छ भने १ लिटर टर्बो इन्जिनले ९७ एचपी पावर र १४० एनएम टर्क प्रदान गर्छ । दुवै इन्जिन म्यानुअल र अटोमेटिक ट्रान्समिसन भेरिएण्टमा उपलब्ध हुनेछन ।

यसमा भएको ४.९ मिटर टर्निङ रेडियस र २०० एमएमको ग्राउन्ड क्लियरेन्सले उत्कृष्ट ह्यान्डलिङ तथा यात्रामा हुने असहजतालाई कम गर्न सहयोग गर्छ । गाडीमा ३६ लिटरको फ्युल ट्यांक रहेको छ भने माइलेज सो सेगमेंटमा रहेका अन्य गाडी भन्दा उत्कृष्ट रहने बताइएको छ ।

साथै, गाडीमा रियरभ्यु क्यामेरा सहित फ्रन्ट तथा रियर सोनार र एप्पल कारप्ले तथा एन्ड्रोइड अटो सहितको ७ इन्च इन्फोटेनमेन्ट समेत रहेको छ ।

८ विभिन्न कलरमा उपलब्ध हुने टोयोटा राइजको मूल्य ६६ लाख रुपैयाँ देखि शुरु हुनेछ ।

सम्बन्धित समाचारहरू

भारतमा हाइब्रिड कारको बिक्री ११८ प्रतिशतले बढ्यो, ८१ प्रतिशत हिस्सा सहित टोयोटा अग्र स्थानमा

भारतमा हाइब्रिड कारको बिक्री ११८ प्रतिशतले बढ्यो, ८१ प्रतिशत हिस्सा सहित टोयोटा अग्र स्थानमा

भारतमा हाइब्रिड कारको बिक्री उच्च दरले बढेको छ । हाइब्रिड कारको बिक्री...

वर्ल्ड कार ग्रुप -याङकिङको १०औं नम्बरमा उक्लियो बीवाईडी, टोयोटा पहिलो नम्बरमा

वर्ल्ड कार ग्रुप -याङकिङको १०औं नम्बरमा उक्लियो बीवाईडी, टोयोटा पहिलो नम्बरमा

सन् २०२३ को वर्ल्ड कार ग्रुप -याङकिङङमा टोयोटाको बर्चस्व देखिएको छ । यसमा...

९ बालबालिकाको चित्र टोयोटा ड्रिम कार आर्ट कन्टेस्टमा छनोट, जापान जाँदै

९ बालबालिकाको चित्र टोयोटा ड्रिम कार आर्ट कन्टेस्टमा छनोट, जापान जाँदै

काठमाडौँ – नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...