टोयोटा वुमन्स मोटर -याली २०२४ सम्पन्न, बिजेता बनिन् शाक्य
काठमाडौं – टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड...
९० बर्षदेखी अमेरिकामा सर्बाधिक बिक्री हुने अटो ब्रान्डका रुपमा आफूलाई स्थापित गराउँदै आएको जनरल मोटर्सलाई टोयोटाले ठूलो धक्का दिएको छ । आफ्नै देशको बजारमा जापनिज ब्रान्ड टोयोटाले पछि पार्दै नम्वर वानको ताज खोसेसंगै उसलाई ठूलो धक्का लागेको हो ।
नम्वर वान बन्न टोयोटाले अघिल्लो बर्ष अर्थात सन् २०२१ मा जनरल मोटर्सको भन्दा १ लाख बढी सवारीसाधन बिक्री गरेको छ । कोरोला र क्याम्री सेडानको बिक्रीमा आएको उच्च बृद्धिसंगै टोयोटाले यो बर्ष २३ लाख कार अमेरिकी बजारमा बिक्री गरेको थियो । उता जनरल मोटर्सको बिक्री भने गत बर्षको तुलामा १३ प्रतिशतले कम भई २२ लाखमा सिमित भयोे । सबैभन्दा लोकप्रिय पिकअप ट्रक सिल्भेराडोको बिक्रीमा ३० प्रतिशतले कमी आएका कारण जनरल मोटर्सले ९० बर्षदेखी हाँसिल गर्दै आएको नम्वर वानको ताज गुमाउनु परेको हो । बिक्री कम हुनुलाई उसले विश्वव्यापी सेमिकन्डक्टरको अभावलाई दोषी ठहराएको छ ।
कोभिड महामरी शुरु भएलगत्तै सप्लाई चेनमा ध्यान दिएर काम गरेक कारण टायोटालाई सवारी साधन उत्पादनमा खासै समस्या नभएको बताइएको छ । सोही बर्षको सेप्टेम्बर महिनामा बेलायतमा समेत नम्वर वान बनेको टोयोटाले त्यसपछि अमेरिकी बजालाई एकदमै बढी ध्यान दिएको थियो । तर उता जनरल मोटर्सले भने कोभिडको समयमा गाडीको माग खासै नहुने अनुमान सहित उत्पादन कटौती गरेको थियो । साथै उसलाई सेमिकन्डक्टरको अभावले समेत उत्तिकै मात्रामा चुनौती पेश गरेको थियो ।
अमेरिकामा नम्वर वानको अप्रत्यसित ताज हात पारेपछि टोयोटाले आफूले कहिल्यै पनि नम्वर वान बन्छु भनेर नसोचेको बताएको छ । टोयोटा अमेरिकाका सिनियर भाइस प्रेसिडेन्ड ज्याक होलिसले आफूहरुले अमेरिकामा कहिल्यै नम्वर वान बन्छु भनेर नसोचेको बताएका हुन् । आफूहरुले हाँसिल गरेको यो ताज अमेरिकामा हाल देखिएको सप्लाई चेनको समस्या समाधान हुनेबित्तिकै खोसिन सक्ने उनको बुझाई छ ।
जनरल मोटर्सका जनरल मेनेजर जिम काइनले समेत बजारमा जनरल मोटर्सको सेल्स राम्रो भैरहेका कारण अर्कोबर्ष उक्त ताज आफूहरुले नै फिर्ता लिने बिश्वास ब्यक्त गरेका छन् । आफूहरुको ध्यान नम्वर वानमा नरही मुनाफामा केन्द्रित रहेको बताउँदै उनले भने, ‘हामी कति गाडी बिक्री गर्छौ भन्दा पनि कति मुनाफा कमाउन सफल भयौं भन्नेमा ध्यान दिन्छौ । मूनाफाको मामलामा हामी टोयोटाभन्दा निकै माथी छौ ।’
काठमाडौं – टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड...
टोयोटा मोटरले फेसलिफ्ट एसयूभी फर्चुनरको नयाँ लिडर भेरिएन्ट लन्च गरेको छ ।...
काठमाडौँ – विलासी कार उत्पादक कम्पनी टोयोटाको क्षेत्रीय बिक्रेता इस्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...