आयो टोयोटा इनोभा हाइक्रस एमपीभी

अन्ततः लामो समयदेखि प्रतीक्षित टोयोटाको नयाँ इनोभा हाइक्रस एमपीभी भारतमा लन्च गरिएको छ । यसको डेलिभरी जनवरी २०२३ देखि सुरु हुनेछ । यसको मूल्य पनि सोही समयमा तोकिनेछ ।

हाइक्रस नयाँ मोडल हो र यो मोनोकक डिजाइनमा आधारित पहिलो इनोभा हो । यसमा हाइब्रिड पावरप्लान्टको विकल्प पनि रहेको छ । यसले २१.१ किमी प्रति लिटरको माइलेज दिने दाबी गरेको छ । भारतमा टोयोटाले अडास टेक्नोलोजी सोही कारबाट सुरु गर्नेछ ।

टोयोटा हाइक्रस ५ भेरिएन्टमा उपलब्ध हुनेछ । यसको टप भेरिएन्टमा प्याडल सिफ्टर, कनेक्टेड कार टेक, भेन्टिलेटेड फ्रन्ट सिट, ९ स्पिकर जेबीएल अडियो सिस्टम, एम्बियन्ट लाइटिङ, मल्टि–जोन क्लाइमेट कन्ट्रोल र संचालित टेलगेट जस्ता फिचर दिइएको छ । इनोभाको लागि पहिलो पटक नयाँ हाइक्रसमा ठूलो प्यानोरोमिक सनरुफ पनि दिइएको छ ।

सो कारमा सेफ्टी फिचरको लागि लेन किप असिस्ट, ब्लाइन्ड स्पट मोनिटर, एडाप्टिभ क्रुज कन्ट्रोल, रियर क्रस ट्राफिक अलर्ट र प्रि–कोलिजन सिस्टम, ६ वटा एयरब्याग, एबीएससहित ईबीडी, ट्रयाक्सन कन्ट्रोल र ईएसपी दिइएको छ ।

इनोभा हाइक्रसमा ७ र ८ सिटरको विकल्प रहेको छ । ७ सिटरमा फर्स्ट इन सेगमेन्ट ओटोम्यान फंङसनको साथ २ क्याप्टेन र थर्ड रोको लागि बेन्च सिट समावेश छ । ८ सिटर कारमा सेकेन्ड र थर्ड रोका लागि बेन्च सिट समावेश छ ।

सम्बन्धित समाचारहरू

टोयोटाको सस्तो एसयूभी सार्वजनिक, ३४ किमी प्रति लिटरको माइलेज दिने

टोयोटाको सस्तो एसयूभी सार्वजनिक, ३४ किमी प्रति लिटरको माइलेज दिने

टोयोटाले दक्षिण अफ्रिकामा भिट्ज नामक नयाँ ह्याचब्याक सार्वजनिक गरेको छ ।...

हात्तीको मद्दतले निकालियाे टोयोटा फर्च्युनर एसयूभीलाई, भिडियो बन्याे भाइरल

हात्तीको मद्दतले निकालियाे टोयोटा फर्च्युनर एसयूभीलाई, भिडियो बन्याे भाइरल

टोयोटा फर्च्युनर एसयूभी नदी पार गर्दा फँसेको अवस्थामा हात्तीले गाडीलाई...

माइल्ड हाइब्रिड सिस्टमसंगै इन्धन किफायती बनेर आयो टोयोटा फर्चूनर

माइल्ड हाइब्रिड सिस्टमसंगै इन्धन किफायती बनेर आयो टोयोटा फर्चूनर

टोयोटाको लोकप्रिय एसयूभी फर्चुनर हाईब्रिड भर्सनमा आएको छ । टोयोटाले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...