ह्विल लक लागेकै अवस्थामा तीनवटा ह्विलले गुड्यो बीवाईडी एसयूभी
काठमाडौं–बीवाईडीको अफरोड एसयूभी फाङ चेङ बाओ बाओ ८ तीनवटा ह्विलमा गुडेको...
टोयोटाले निकट भविषयमा सार्वजनिक गर्ने तयारी गरिरहेको इलेक्ट्रिक एमपिभी इन्नोभा क्राइस्टा परिक्षणका क्रममा देखा परेको छ । यो कारलाई इन्डोनेशियाको सडकमा परिक्षण हुँदै गर्दा देखिएको हो । रेगुलर क्राइस्टाजस्तै देखिएको यो कारको वाहिरी आवरणमा केही नयाँपन थप गरिएको छ ।
इलेक्ट्रिक कार भनेर सहजै पहिचान गर्न सजिलो होस भनेर यसको हेडलाइटमा व्लु हाइलाइट थप गरिएको छ भने पछाडी टेल लाइटसंगै व्लु एसेन्ट दिइएको छ । यो कारमा कुन साइजको व्याट्री र कति क्षमताको मोटर जडान गरिएको छ भन्ने विषयमा टोयोटाले हालसम्म कुनै विवरण वाहिर ल्याएको छैन । साथै यसको इन्टेरियर फिचर्स र रेन्जका वारेमा समेत जानकारी प्राप्त भएको छैन ।
यो इलेक्ट्रिक एमपीभीलाई टोयोटाले २०२३ मा सार्वजनिक गर्ने अनुमान लगाइएको छ । जुन पहिले इन्डोनेशियामा सार्वजनिक हुनेछ र विस्तारै अन्तराष्ट्रिय बजारमा समेत पुग्ने जनाइएको छ । इन्नोभा क्राइस्टाको कम्वस्चन भेरियन्ट नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको कारण आगामी दिनमा यो इलेक्ट्रिक भर्सन समेत नेपाल आउनसक्ने आँकलन गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...