अब टोयोटा हाइलक्स भारतमै उत्पादन हुने, भयो सार्वजनिक

टोयोटा हाइलक्स भारतीय बजारमा सार्वजनिक गरिएको गरेको छ । यसको बुकिङ पनि सुरु भइसकेको छ । हाइलक्स विगत ५ दशकदेखि अन्तर्राष्ट्रिय बजारमा बिक्री हुँदै आएको लोकप्रिय पिकअप हो ।

कम्पनीले हाइलक्सको उत्पादन भारतमा गर्ने भएको छ । यो कम्पनीको आईएमवी–२ प्लेटफर्ममा निर्माण हुनेछ । टोयोटा हाइलक्स ५ सिटको हुनेछ । कम्पनीले यसलाई डिजेल इन्जिनको विकल्पमा मात्र उत्पादन गर्नेछ । सो कारको मूल्यको जानकारी र डेलिभरी मार्चबाट सुरु हुनेछ ।

टोयोटाले हाइलक्सको ह्विलबेस बढाएर ३०८५ एमएम बनाएको छ । यसको लम्बाई ५३२५ एमएम, चौडाइ १८५५ एमएम र उचाइ १८६५ एमएम छ । हाइलक्सको ग्राउण्ड क्लियरेन्स २१६ एमएम छ र यसको तौल २.१ टन छ । सो गाडी ५ रङमा उपलब्ध हुनेछ ।

यसमा टोयोटा फर्चुनरमा प्रयोग गरिएको २.८ लिटर, फोर सिलिन्डर टर्बो डिजेल इन्जिन हुनेछ, जसले २०४ एचपी पावर र ४२० एनएम टर्क जेनेरेट गर्छ ।

हाइलक्समा सफ्ट टच मेटरियल, ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट, पुश स्टार्ट/स्टप बटन, जेबीएल सिस्टम, ड्युअल जोन अटो एसी र लेदरको अपहोल्स्ट्री उपलब्ध छ । यसमा फ्रन्ट पार्किङ सेन्सर, क्रुज कन्ट्रोल, अतिरिक्त एयरब्याग, एलएसडी र पावर एडजस्टेबल ड्राइभर सिट समावेश गरिएको छ ।

यसमा ३ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी दिइनेछ । यो पूर्णतया नयाँ सेगमेन्ट हुने कम्पनीले जनाएको छ । कम्पनीले यसलाई आफ्नै प्लान्टमा उत्पादन गर्न लागेको हो, यो पूर्णतया मेड इन इन्डिया उत्पादन हुने भएको छ । भारतमा लन्च गरेपछि टोयोटा हाइलक्सले इसुजु डी म्याक्स जस्ता गाडीसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

टोयोटाको नयाँ हाइब्रिड गाडी नेपाली बजारमा, शुक्रबार सार्वजनिक गरिदै

टोयोटाको नयाँ हाइब्रिड गाडी नेपाली बजारमा, शुक्रबार सार्वजनिक गरिदै

काठमाडौं – टोयोटाको नयाँ हाइब्रिड गाडी यारिस क्रस नेपाली बजारमा उपलब्ध...

विश्वमा सबैभन्दा धेरै गाडी बिक्री गर्ने कम्पनी बन्यो टोयोटा, फक्सवागन दोस्रो

विश्वमा सबैभन्दा धेरै गाडी बिक्री गर्ने कम्पनी बन्यो टोयोटा, फक्सवागन दोस्रो

जापानी कार निर्माता कम्पनी टोयोटा लगातार तेस्रो वर्ष पनि सबैभन्दा धेरै...

टोयोटा इनोभा अब इलेक्ट्रिक भर्सनमा आउने, यस्तो हुनेछ फिचर

टोयोटा इनोभा अब इलेक्ट्रिक भर्सनमा आउने, यस्तो हुनेछ फिचर

टोयोटाले चाँडै आफ्नो लोकप्रिय एसयूभी इनोभाको इलेक्ट्रिक भेरिएन्ट लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...