नाम फरक तर फिचर एउटै छन् यी कारमा (सूची सहित)
बजारमा एउटै इन्जिन, एउटै फिचर र एउटै बडी डिजाइन भएका धेरै कारहरु उपलब्ध छ ।...
टोयोटा हाइलक्स भारतीय बजारमा सार्वजनिक गरिएको गरेको छ । यसको बुकिङ पनि सुरु भइसकेको छ । हाइलक्स विगत ५ दशकदेखि अन्तर्राष्ट्रिय बजारमा बिक्री हुँदै आएको लोकप्रिय पिकअप हो ।
कम्पनीले हाइलक्सको उत्पादन भारतमा गर्ने भएको छ । यो कम्पनीको आईएमवी–२ प्लेटफर्ममा निर्माण हुनेछ । टोयोटा हाइलक्स ५ सिटको हुनेछ । कम्पनीले यसलाई डिजेल इन्जिनको विकल्पमा मात्र उत्पादन गर्नेछ । सो कारको मूल्यको जानकारी र डेलिभरी मार्चबाट सुरु हुनेछ ।
टोयोटाले हाइलक्सको ह्विलबेस बढाएर ३०८५ एमएम बनाएको छ । यसको लम्बाई ५३२५ एमएम, चौडाइ १८५५ एमएम र उचाइ १८६५ एमएम छ । हाइलक्सको ग्राउण्ड क्लियरेन्स २१६ एमएम छ र यसको तौल २.१ टन छ । सो गाडी ५ रङमा उपलब्ध हुनेछ ।
यसमा टोयोटा फर्चुनरमा प्रयोग गरिएको २.८ लिटर, फोर सिलिन्डर टर्बो डिजेल इन्जिन हुनेछ, जसले २०४ एचपी पावर र ४२० एनएम टर्क जेनेरेट गर्छ ।
हाइलक्समा सफ्ट टच मेटरियल, ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट, पुश स्टार्ट/स्टप बटन, जेबीएल सिस्टम, ड्युअल जोन अटो एसी र लेदरको अपहोल्स्ट्री उपलब्ध छ । यसमा फ्रन्ट पार्किङ सेन्सर, क्रुज कन्ट्रोल, अतिरिक्त एयरब्याग, एलएसडी र पावर एडजस्टेबल ड्राइभर सिट समावेश गरिएको छ ।
यसमा ३ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी दिइनेछ । यो पूर्णतया नयाँ सेगमेन्ट हुने कम्पनीले जनाएको छ । कम्पनीले यसलाई आफ्नै प्लान्टमा उत्पादन गर्न लागेको हो, यो पूर्णतया मेड इन इन्डिया उत्पादन हुने भएको छ । भारतमा लन्च गरेपछि टोयोटा हाइलक्सले इसुजु डी म्याक्स जस्ता गाडीसँग प्रतिस्पर्धा गर्नेछ ।
बजारमा एउटै इन्जिन, एउटै फिचर र एउटै बडी डिजाइन भएका धेरै कारहरु उपलब्ध छ ।...
विश्वप्रसिद्ध पिकअप ट्रक टोयोटा हाइलक्सको नयाँ पुस्ता सार्वजनिक हुने...
टोयोटाले लगभग १ हजार ५ सय किलोमिटर रेन्ज दिन सक्ने अर्को पुस्ताको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...