गत वर्ष नेपाल भित्रिए टोयोटाका १३१ युनिट एसयूभी, कुन मोडल कति आयात भए ?
काठमाडौं–गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा टोयोटा ब्रान्डका कुल १३१ युनिट...
टोयोटा फर्च्युनर एसयूभी नदी पार गर्दा फँसेको अवस्थामा हात्तीले गाडीलाई सजिलै निकालिदिएको भिडियो हालै सामाजिक सञ्जालमा भाइरल भएको छ ।
भिडियो अनुसार फर्च्युनर नदी पार गर्ने क्रममा फँसिरहेको थियो । स्थानीय मानिस र एक हात्तीको सहयोगले गाडीलाई बाहिर निकाल्न प्रयास गरिएको थियो । गाडीको एक छेउमा डाेरी बाँधिएको थियो, जुन हात्तीले आफ्नो दाँतले समातेर गाडीलाई नदीबाट बाहिर निकालेको थियो। यो दृश्यले सबैलाई चकित बनाएको छ, किनकि हात्तीले केवल केही मिनेटमै गाडीलाई सजिलै निकालिदिएको थियो।
सो भिडियो इन्स्टाग्राममा अपलोड गरिएको छ । भिडियोमा कमेन्ट गर्नेले रियल एलिफेन्ट फेक एलिफेन्टलाई खिचिरहेको र १६६ हर्स पावरको गाडी हात्तीको शक्तिका अगाडि असफल भएको जस्ता मजाक गरेेका छन् ।
भिडियोले चाँडै नै २ मिलियनभन्दा बढी दृश्य र १.६६ लाखभन्दा धेरै लाइक प्राप्त गरेको छ, जसले यस घटनाको लोकप्रियता दर्शाउँछ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...