टोयोटाको भारतमा एक दशक यताकै सर्वाधिक विक्री रेकर्ड
सन् २०२२ मा टोयोटाले भारतमा एक दशक यताकै सर्बाधिक गाडी विक्री गरेको छ । यो...
काठमाडौं नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेन्टले १५औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट सम्पन्न गरेको छ । राष्ट्रिय स्तरको सो प्रतियोगिताका विजेताको घोषणा हिजो टोयोटाको धुम्बाराहीस्थित हेड अफिसमा गरिएको थियो ।
गत जनवरी १६ देखि फेब्रुअरी २८ सम्मको अवधिमा देशभरका करिब ३ सय सहभागीहरु मध्ये प्रत्येक इन्ट्री क्याटागोरीबाट ३ जना विजेता घोषणा गरिएको छ । विजेताहरुले आगामी दिनमा जापानमा हुने प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने छन् ।
क्याटागोरी १ अन्तर्गत ७ वर्ष वा सो भन्दा मुनिको उमेर समूहमा अर्नवराज श्रेष्ठ, वैभवी श्रेष्ठ र प्रान्जल शाहले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरे ।
त्यसैगरी क्याटागोरी २ अन्तर्गत ८ देखि ११ वर्ष उमेर समूहमा ग्लोरी घले, आयुष्मा सुवेदी र एभान्जल थापाले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरे ।
क्याटागोरी ३ अन्तर्गत १२ देखि १५ वर्ष उमेर समूहमा आयुषी भण्डारी, स्वेता गुप्ता र निकिता भट्टराईले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरे ।
विजेताहरुलाई प्रमाणपत्रका साथै एफआईए (एक्सन फर रोड सेफ्टी), कितावकलम, कमिक क्याफे नेपाल, जात्रा किङडम, यात्री सप्लाई, चिया नोटबुक, अर्गानिक ओरिजिनल्स र प्रिज्म कलर एन्ड स्क्यानिङको तर्फबाट पुरस्कृत गरिएको थियो ।
प्रतियोगितामार्फत विश्वभरका बालबालिकाहरुलाई आफ्नो ड्रिम कार ड्रइङ गरेर भविष्यको मोबिलिटी वारेमा आफ्नो धारणा सार्वजनिक गर्ने अवसर प्रदान गरिन्छ । भविष्यका इन्भेन्टर्स, थिंकर्स र ड्रिमर्स बालबालिकाहरुको प्रतिभालाई प्रस्फुटन गर्न यसले सहयोग पु-याउने टोयोटाले अपेक्षा गरेको बताएको छ ।
सन् २००४ देखि टोयोटाले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत यस प्रकारको प्रतियोगिता आयोजना गर्दै आएको छ । गत वर्ष मात्र विश्वभरका ७५ देशका ११ लाख ९३ हजार बालबालिकाहरुले यस्तै प्रतियोगितामा सहभागिता जनाएका थिए ।
सन् २०२२ मा टोयोटाले भारतमा एक दशक यताकै सर्बाधिक गाडी विक्री गरेको छ । यो...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हालै दिल्लीको हैदरावाद हाउसमा नयाँ...
टोयोटाले केही समय पहिले सार्वजनिक गरेको एमपीभी रुमियन अगस्त अन्त्यमा लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...