गियरबक्समा समस्या आएपछि टोयोटा ल्याण्ड क्रूजर र लेक्सस एलएक्स रिकल

टोयोटा र लेक्ससका गाडीमा समस्या आएपछि रिकल गरिएको छ । ट्रान्समिसन सफ्टवेयर समस्याका कारण ल्याण्ड क्रूजर एलसी३०० र एलएक्स एसयूभीका लागि स्वैच्छिक रिकल गर्ने निर्णय गरिएको हो ।

सेप्टेम्बर ४, २०२४ र सेप्टेम्बर ३०, २०२५ बीच निर्मित एलसी ३०० का ९६९ युनिट तथा मार्च ६, २०२५ र सेप्टेम्बर २९, २०२५ बीच निर्मित लेक्सस एलएक्सका ११७ युनिट यस रिकलबाट प्रभावित रहेको बताइएको छ ।

यो समस्याले १० स्पीड अटोमेटिक ट्रान्समिसनलाई असर गर्न जनाइको छ, जसले गियर शिफ्टहरू नियन्त्रण गर्न रेखीय सोलेनोइडहरूको सेट प्रयोग गर्दछ ।

यदि यी मध्ये एक सोलेनोइड असफल भयो भने यसले निश्चित गियरहरूमा ट्रान्समिसनलाई ओभर–रेभ गर्न सक्छ । यसले पावरमा गिरावट ल्याउन सक्छ र ट्रान्समिसनलाई पनि क्षति पु-याउन सक्छ ।

टोयोटाका अनुसार, केही अवस्थामा, ट्रान्समिसन फ्लुइड चुहावट हुन सक्छ र यदि यो तातो एक्जस्टको सम्पर्कमा आयो भने यसले आगो समेत निम्त्याउन सक्छ ।

यस समस्यालाई समाधान गर्न ट्रान्समिसन र इन्जिन नियन्त्रण गर्ने इलेक्ट्रोनिक कन्ट्रोल मोड्युललाई पुनः प्रोग्राम गर्नुपर्ने बताइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...