होन्डा सीबी१०००आर जस्तै इलेक्ट्रिक बाइक सार्वजनिक

टोर्क मोटर्स भारतमा इलेक्ट्रिक सवारी साधनको सेगमेन्टमा प्रवेश गरेको छ । कम्पनीले भारतीय बजारमा आफ्नो पहिलो बाइक क्रेटोस लन्च गरेको छ । सो बाइक क्रेटोस स्ट्यान्डर्ड र क्रेटोस आर गरी २ भेरिएन्टमा उपलब्ध छ, जसको मूल्य क्रमशः १ लाख २ हजार ४९९ र १ लाख १७ हजार ४९९ भारु तोकिएको छ ।

टोर्क मोटर्सको सो बाइक पहिला पुणे, बैंगलोर, अहमदाबाद, हैदरावाद, चेन्नई र दिल्ली जस्ता शहरहरूमा उपलब्ध गराइने छ । क्रेटोस ई–बाइक कम्पनीको ६ वर्ष पुरानो परियोजना हो र यो पहिलो पटक टी६एक्स कन्सेप्टको रूपमा प्रस्तुत गरिएको थियो ।

क्रेटोस बाइकको लुक २००८ होन्डा सीबी१०००आर जस्तो देखिन्छ । यसमा एलईडी लाइटसहितको त्रिकोणीय हेडल्याम्प कभर, एंगुलर ट्यांक एक्सटेन्सनसहितको शार्प लुक ट्यांक, स्पिल्ड पिलियन ग्रेलसहितको स्लीक टेलपिस, एलईडी टेललाइट र स्लिम रियर फेन्डर समावेश छन् ।

बाइकको दुवै छेउमा १७ इन्चको एलोय ह्वीलहरू छन् । साथै ४.३ इन्चको इन्स्ट्रयुमेन्ट कन्सोल, फुल डिजिटल टीएफटी युनिट र स्मार्टफोन कनेक्टिभिटी पनि समावेश छन् । बाइकमा नेभिगेसन, जियोफेन्सिङ, ब्याट्री चार्ज स्थिति, राइडर रेसियो, क्रयास अलर्ट आदि समावेश छन् ।

बाइकमा पावरको लागि ४ केडब्ल्युएचप ब्याट्री जडान गरिएको छ । जसले सिंगल इलेक्ट्रिक इन्जिनसँग मिलेर ७.५ केडब्ल्युएचको पावर विकास गर्छ । सो ब्याट्री फुल चार्जमा १८० किलोमिटरको रेन्ज दिने कम्पनी दावी गरेको छ ।

क्रेटोस आर भर्सनमा पनि ४ केडब्ल्युको ब्याट्री जडान गरिएको छ । यो ब्याट्रीलाई फास्ट चार्जिङमार्फत एक घन्टामा ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ विशेष फिचरले सुसज्जित टोयोटाको सबैभन्दा सानो इलेक्ट्रिक कार सी प्लस पोड

यस्तो छ विशेष फिचरले सुसज्जित टोयोटाको सबैभन्दा सानो इलेक्ट्रिक कार सी प्लस पोड

जापानी कार निर्माता कम्पनी टोयोटाको सबैभन्दा सानो इलेक्ट्रिक कार सी प्लस...

नेपाल आउँदै अर्को चिनियाँ ईभी ब्रान्ड ‘स्मार्ट’, बिक्रेतामा सीजी मोटर्स नियुक्त

नेपाल आउँदै अर्को चिनियाँ ईभी ब्रान्ड ‘स्मार्ट’, बिक्रेतामा सीजी मोटर्स नियुक्त

काठमाडौं– नेपाली अटो बजारमा अर्को नयाँ ईभी ब्रान्ड ‘स्मार्ट’ थप हुने भएको...

चिनियाँ कार कम्पनी र ईभी अगाडि निरीह बन्दै पश्चिमी कम्पनी

चिनियाँ कार कम्पनी र ईभी अगाडि निरीह बन्दै पश्चिमी कम्पनी

चीनमा प्राविधिक क्रान्ति आएसँगै चीनले विश्वव्यापी स्मार्टफोन बजार कब्जा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...