वर्ल्ड कार अवार्डको टप ३ सूचीमा बीवाईडीका दुई ईभी

जेनेभा मोटर शोको अवसरमा वर्ल्ड कार अवार्ड २०२४ का लागि शीर्ष तीन अन्तिम प्रतियोगीहरूको घोषणा गरिएको छ। यस अनुसार बीवाईडीका दुई गाडीहरुले टप ३ स्थान हासिल गरेका छन् ।

बीवाईडी सिलले ‘वर्ल्ड कार अफ द इयर’ र बीवाईडी डल्फिनले ‘वर्ल्ड अरबन कार’ श्रेणीहरूमा टप ३ स्थान हासिल गर्दै, क्रमशः प्रतिस्पर्धामा अगाडि बढेका छन्। यसरी वर्ल्ड कार अवार्ड’ श्रेणीको शीर्ष तीनमा सुचिकृत हुने पहिलो र एक मात्र चिनियाँ कार निर्माताको इतिहास बीवाईडीले बनाएको छ।

अटोमोटिभ क्षेत्रमा महत्वपूर्ण पुरस्कारको रुपमा चिनिएका वर्ल्ड कार अवार्ड, युरोपियन कार अफ द इयर र नर्थ अमेरिकन कार अफ द इयर अत्यधिक रुपमा प्रशंसित छन् । विश्वमा ‘अटोमोटिभ ओस्कार’ को नाममा प्रसिद्ध भएको वर्ल्ड कार अवार्ड विश्वभरको अटोमोटिभ उद्योगमा धेरै प्रतिक्षित कार्यक्रमको रूपमा बिशेष चर्चा गरिने गरिन्छ।

बीवाईडीका यी दुई मोडलमा भएका विशेष डिजाइन, असाधारण प्रविधि र मजबुत सुरक्षा विशेषताहरुले सो कार अवार्डका लागि २९ देशमा १०० अटोमोटिभ मिडिया तथा विश्वभरका विशेषज्ञहरूको ध्यान आकर्षित गरेको छ। २०२३ मा बीवाईडी सिल र बीवाईडी डल्फिनले युरो एनक्याप र एएनएक्याप परीक्षणमा पनि फाइभ स्टार रेटिङ प्राप्त गरेका थिए । विशेषतः बीवाईडी सिललाई ‘युरोपियन कार अफ द इयर २०२४’ को अन्तिम चरणका लागि पनि नामांकित गरिएको थियो ।

२०२३ मा बीवाईडीले ३० लाख विद्युतीय सवारी साधन बिक्री गर्दै शीर्ष स्थान हासिल गरेको थियो भने ग्लोबल अटोमोटिभ ब्रान्डहरूको शीर्ष दशमा समेत प्रवेश गरेको थियो जुन चाहि चिनिया अटोमोटिभ निर्माताको लागि इतिहासमै पहिलो हासिल थियो ।

नेपाली बजारमा पनि साइमेक्स इंकले बीवाईडीका सिल र डल्फिन दुवै मोडल बिक्री–वितरण गरिरहेको छ ।

सो अवार्डका लागि विभिन्न विधामा मनोनयन भएका टप ३ कार यस प्रकार रहेका छन् :

  • World Car of the Year
    • BYD Seal
    • Kia EV9
    • Volvo EX30
  • World Luxury Car
    • BMW 5 Series / i5
    • Mercedes-Benz E-Class
    • Mercedes-Benz EQE SUV
  • World Performance Car
    • BMW M2
    • BMW XM
    • Hyundai Ioniq 5 N
  • World Electric Vehicle
    • BMW i5
    • Kia EV9
    • Volvo EX30
  • World Urban Car
    • BYD Dolphin
    • Lexus LBX
    • Volvo EX30
  • World Car Design of the Year
    • Ford Bronco
    • Ferrari Purosangue
    • Toyota Prius

आगामी मार्च २७ मा हुने २०२४ न्युयोर्क इन्टरनेसनल अटो शोमा विजयीहरुको नाम घोषणा गरिने छ र अवार्ड समेत प्रदान गरिने छ ।

सम्बन्धित समाचारहरू

भारतमा टाटा पन्च ईभीको चर्चा, नेपालमा करको डर

भारतमा टाटा पन्च ईभीको चर्चा, नेपालमा करको डर

भारतीय बजारमा हालै लन्च भएको टाटाको नयाँ इलेक्ट्रिक कार पन्च ईभी अहिले...

नेपालगन्ज पुग्यो भूभागको विषमता र उत्सर्जनको समस्यालाई जित्ने फोटोनको माउन्टेन ईभी भ्यान

नेपालगन्ज पुग्यो भूभागको विषमता र उत्सर्जनको समस्यालाई जित्ने फोटोनको माउन्टेन ईभी भ्यान

नेपालगन्ज- गत पुस १४ मा फोटोन नेपालले नेपालगन्जको सिद्धार्थ कटेज...

ड्राइभिङ द फ्युचर : एक महिनामै नेपालको सडकमा गुड्न थाले ३०० नामी कार

ड्राइभिङ द फ्युचर : एक महिनामै नेपालको सडकमा गुड्न थाले ३०० नामी कार

नेपाली बजारमा डेलिभरी शुरु गरिए पश्चात करिव एक महिनाकै समयमा ३०० डोङफेङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...