टप ५ इनोभेसन जसले अटोमोटिभ इन्डस्ट्री नै पुरै परिवर्तन गरिदियो

भारत लगायत विश्वका विभन्न देशमा अटोमोबाइल उद्योग फस्टाएको छ । नेपालमा भने आफ्नै पहलमा अहिले सम्म सवारी साधन उत्पादन भएको छैन । अधिकांश सवारी साधन अन्य देशबाट आयात हुने गरेका छन् ।

भारतको नजिक भएकाले नेपाली बजारमा अधिकांश सवारी साधन भारतमै उत्पादन भएका पाइन्छन् । भारको सबैभन्दा ठूलो अटोमोबाइल कम्पनीहरु मारुती सुजुकी, हुन्डाई मोटर इन्डिया, टाटा मोटर्स र महिन्द्रा एन्ड महिन्द्रा आदि हुन् ।

पछिल्लो समयमा अटोमोबाइल क्षेत्रमा समेत प्रविधिको प्रयोग बढ्दो क्रममा रहेको छ । अटोमोबाइल क्षेत्रमा भएका यी प्रमुख ५ इनोभेसनको कारणले गर्दा अत्याधुनिक समेत बन्दै गएको छ ।

अटोनोमस भेइकल
अटोनोमस भनेको कारमा भएको सेन्सरले कारको वरिपरिको अवस्थाको मापन गरी स्वचालित रुपमा कार चल्नु हो । सो टेक्नोलोजीमा चालकको आवश्यकता पर्दैन । चालकलाई सो कार कन्ट्रोल गर्नको लागि केही जरुरत पनि हुँदैन । यो स्वचालित कार हो जसले कुनै पनि परिस्थितिलाई सजिलै पार गर्न सक्छ ।

कनेक्टिभिटी
कारमा नयाँ डिजिटल इन्स्ट्रयुमेन्ट उपलब्ध भइरहेको छ । जसले एउटा कारलाई अन्य कार भन्दा फरक बनाउछ । यसले बिमा, ड्राइभर सुरक्षा, भविष्यवाणी गर्ने मेन्टिनेन्स र ठूलो म्यानेजमेन्ट जस्ता विभिन्न प्रयोगका मामिलाको लागि सजिलै डाटा ट्राकिकयोग्य बनाउँछ । सवारी साधन डाटा सेयरिङ व्यक्तिगत ग्राहकलाई मात्र नभई सम्पूर्ण मोबिलिटी इकोलोजी प्रणालीलाई ओभरहल्स गर्दछ ।

इलेक्ट्रिफिकेसन
समयको साथ साथ पेट्रोलको गाडी बढिरहेको छ । पेट्रोलको खपत बढी हुने भएकाले वातावरणलाई पनि हानी पु-याइरहेको छ । यसको समाधानको लागि इलेक्ट्रिक कार, सोलार प्यानल, इन्फ्रास्ट्रक्चर, फ्लीट इलेक्ट्रिकफिकेसन जस्ता प्रविधिको विकास गरिएको छ ।

सेयर मोबिलिटी
कनेक्टेड भेइकलको साथ नयाँ बिजनेस मोडल सार्वजनिक भएको छ जसले परम्परागत गाडीको विकल्पको रुपमा सेयर मोबिलिटीमा ध्यान केन्द्रित भएको छ । सो मोबिलिटीलाई सेवाको रुपमा सक्षम बनाएको छ र प्रयोगमा नआउने गाडीको प्रयोगलाई निरुत्साहित गर्छ । केही पैसा तिरेर अरुकै गाडी चढ्न पाइन्छ भने किन गाडी किन्ने भन्ने कुरामा धेरैको ध्यान जान थालेको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स
अटोमोटिभ इन्डस्ट्रीमा रोबोट अटोमेसनमा आर्टिफिसियल इन्टेलिजेन्स टेक्नोलोजी जस्तै मेसिन लर्निङ, डिप लर्निङ र कम्प्युटर भिजन एप्लिकेसन पत्ता लगाउने गर्छ । यसले सेल्फ ड्राइभिङ कारलाई गाइड गर्ने, फ्लीट म्यानेज, सुरक्षामा सुधार र साधन इन्स्पेक्सन वा बिमा जस्ता सेवालाई उत्कृष्ट बनाउनको लागि ड्राइभरलाई सहयोग गर्छ । एआईले मोटर भेइकल निर्माणमा पनि एप्लिकेसन पत्ता लगाउछ ।


लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...