यी हुन् सन् २०२२ का ५ उत्कृष्ट इलेक्ट्रिक बाइक र स्कुटर

सन् २०२२ मा बजारमा धेरै इलेक्ट्रिक स्कुटर र बाइकहरु लन्च भएका छन् । ती मध्ये सबैभन्दा बढी इलेक्ट्रिक स्कुटर लन्च भएका छन् । गत वर्ष भारतीय बजारमा लन्च भएका इलेक्ट्रिक स्कुटर मध्ये ५ मोडलले फरक चर्चा पाएका छन् । यी स्कुटर भविष्यमा नेपाल समेत आउन सक्ने सम्भावना छ । ओला भने आइसकेको छ ।

१. अल्ट्राभायोलेट एफ७७
अल्ट्राभायोलेट एफ७७ इलेक्ट्रिक बाइक सबैभन्दा महँगो इलेक्ट्रिक बाइक हो । यसको एक्स शोरूम मूल्य ३ लाख ८० हजार देखि ५ लाख ५० हजारसम्म रहेको छ । यसको टप भेरिएन्टमा १०.३ केडब्ल्युएच ब्याट्री र ३०.२ केडब्ल्यु इलेक्ट्रिक मोटर जडान गरिएको छ । जसले ४०.५ बीएचपीको पावर जेनेरेट गर्छ । सो बाइकको रेन्ज ३०७ किलोमिटर छ ।

२. हिरो भिडा भी१
हिरो मोटोकर्पले सन् २०२२ मा भिडा भी१ इलेक्ट्रिक स्कुटर २ भेरिएन्टमा लन्च गरेको थियो । जसको मूल्य १ लाख ४५ हजार देखि १ लाख ५९ हजार भारु छ । सो स्कुटरको टप स्पिड ८० किमी प्रति घन्टा छ । भिडा भी१ प्लसको रेन्ज १४३ किमी र भिडा भी१ प्रोको रेन्ज १६५ किमी छ ।

३. एथर ४५०एक्स जेनेरेसन ३
एथर इनर्जीले सबैभन्दा धेरै बिक्री हुने स्कुटर ४५०एक्सको जेन ३ भर्सन लन्च गरेको थियो । नयाँ एथर ४५०एक्स जेन ३ मा ६ केडब्ल्यु इलेक्ट्रिक मोटर र ३.७ केडब्ल्युएच लिथियम आयोन ब्याट्री समावेश छ । यसले सिंगल चार्जमा १४६ किलोमिटरको रेन्ज दिन्छ । सो इलेक्ट्रिक स्कुटरको मूल्य १ लाख ३९ हजार भारु छ ।

४. ओला एस१ एयर
ओला इलेक्ट्रिकले २०२२ को फेस्टिभ सिजनमा भारतमा आफ्नो सबैभन्दा सस्तो इलेक्ट्रिक स्कुटर ओला एस१ एयर ८४ हजार ९९९ भारुमा लन्च ग¥यो । यसमा २.५ केडब्ल्युएच लिथियम–आयोन ब्याट्री समावेश छ । यसले सिंगल चार्जमा १०१ किमीसम्मको रेन्ज प्रदान गर्न सक्छ ।

५. ओबेन रोर
ओबेन रोरमा ४.४ किलोवाट एलएफपी ब्याट्री समावेश छ । यसले सिंगल फुल चार्जमा २०० किमी सम्मको रेन्ज प्रदान गर्न सक्छ । सो इलेक्ट्रिक बाइकको मूल्य १ लाख ३ हजार भारु छ ।

सम्बन्धित समाचारहरू

नयाँ डिजाइन र प्रविधिसहित टाटाको सिएरा एसयूभी पुनरागमनको तयारी

नयाँ डिजाइन र प्रविधिसहित टाटाको सिएरा एसयूभी पुनरागमनको तयारी

टाटा मोटर्सले आफ्नो प्रसिद्ध मोडल सिएरालाई पुनः प्रस्तुत गर्ने तयारी...

कम्पोनेन्ट्स शोमा ओएलएसको रिमोट कन्ट्रोलयुक्त लिफ्ट सार्वजनिक

कम्पोनेन्ट्स शोमा ओएलएसको रिमोट कन्ट्रोलयुक्त लिफ्ट सार्वजनिक

भारतमा जारी भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ अन्तर्गतको कम्पोनेन्ट्स...

३१ लाखको गाडी ४ लाखमा

३१ लाखको गाडी ४ लाखमा

काठमाडौं – तपाईलाई कम मूल्यको ईभी किन्ने विचार छ, तर यसका लागि आवश्यक रकम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...