८० हजार सम्म पर्ने सेकेन्ड ह्यान्ड बाइकको माग उच्च, यी हुन् धेरै रुचाइएका ५ बाइक

काठमाडौं – नयाँ बाइकको बिक्रीले गति लिन थालेसँगै रिकन्डिसन बजारमा सेकेन्ड ह्यान्ड बाइकको माग समेत बढ्न थालेको छ । ग्राहकले आफूसँग भएको पुरानो बाइक एक्सचेन्ज गरी नयाँ बाइक खरिद गर्न थालेपछि पछिल्लो समय रिकन्डिसन बजारमा यस्ता बाइकको कारोबार बढ्न थालेको रिकन्डिसन व्यवसायी संघका अध्यक्ष दिनेश महतले बताए । उनका अनुसार हाल बजारमा ५० देखि ८० हजार रुपैयाँसम्म मूल्य पर्ने बाइकको माग उच्च रहेको छ ।

कोरोना महामारीका कारण लामो समयसम्म शोरुम बन्द गरेर बस्न बाध्य व्यवसायीहरु रिकन्डिसन बाइकको कारोबारले गति लिन थालेपछि उत्साहित छन् । महतका अनुसार अहिले कतिपय शोरुममा चलेका मोडलहरु पाउन नै मुश्किल छ । ‘कोरोनापछि सेकेन्ड ह्यान्ड बाइकको माग बढेका कारण कतिपय चल्तिका मोडलहरु भेट्टाउनै मुश्किल भइरहेको छ । कम मूल्यका बाइकहरु खोजी गर्दै शोरुम आउने ग्राहकको संख्या बढ्दै गएका कारण भोलिका दिनमा यो व्यवसायले पुरानै लय समात्नेमा ढुक्क छौ’ उनले भने ।

शून्य प्रतिशत ब्याजदरका कारण व्यापार प्रभाबित
महतका अनुसार हाल अधिकांश कम्पनीहरुले शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुबिधा सहित मोटरसाइकल बिक्री गर्न थालेका कारण सकेन्ड ह्यान्ड बाइकको कारोबार प्रभावित बनेको छ ।

उनी भन्छन, ‘कम्पनीहरुले शून्य प्रतिशत ब्याजदरमा न्यूनतम डाउनपेमेन्ट गरी नयाँ बाइक खरिद गर्न सकिने स्किम निकालेका कारण रिकिन्डसन बाइकका सम्भावित ग्राहकहरुले समेत नयाँ बाइकमै रुचि राख्न थालेका छन् । यसले तत्कालका लागि हाम्रो व्यवसायमा असर गरेको छ । कम्पनीको यस्ता स्किमका कारण ग्राहकले आफूसँग भएको पुरानो मोटरसाइकल बिक्री गरी नयाँ खरिद गर्दा कहिलेकाही व्यवसायमा असन्तुलन पैदा हुने गरेको छ ।’

यी ५ बाइकको माग उच्च
रिकन्डिसन बजारमा हाल बजाज ब्रान्डका बाइकको माग उच्च रहेको महतले बताए । उनका अनुसार बजाजको पल्सर २२०एफ र १५० मोडलको माग उच्च छ । त्यसपछि होन्डा साइन र युनिकर्नको समेत माग राम्रै रहेको उनले बताए । यामाहा एफजेडएस मोडलका बाइकमा युवाहरुले बढी रुचि राख्ने कारण यो बाइकको माग समेत उच्च रहेको उनको भनाइ छ । त्यसैगरी स्कुटरमा पछिल्लो समय टीभीएस एनटर्क सर्बाधिक रुचाइएको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...