टाटाका एस ईभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडी अब इटहरीमा, के छ अफर ?
काठमाडौं – नेपालको लागि टाटा मोटर्सको एक मात्रै अधिकारिक वितरक सिप्रदी...
बढ्दो इन्धनको मूल्य र विश्वभरि कडा उत्सर्जन नियमका कारण विद्युतीय सवारी साधनको माग बढिरहेको छ । विश्व बजारमा इलेक्ट्रिक कारको माग र बिक्री बढिरहेको छ । हाल विश्वमा सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक कार यी हुन् ।
टेस्ला मोडल ३
एक अध्ययनले टेस्ला मोडल ३ विश्वमा तीव्र गतिमा बिक्री हुने इलेक्ट्रिक कार मानिन्छ । टेस्ला मोडल ३ कार हरेक वर्ष २ लाख १५ हजार युनिट बिक्री हुन्छ । टेस्लाले सो कार भारतमा पनि लन्च गर्ने योजना बनाइरहेको छ ।
वुलिङ होङ गुआङ मिनी ईभी
यो मिनी साइज इलेक्ट्रिक कार हो । यो चीनमा निकै लोकप्रिय रहेको छ । सिंगल चार्जमा सो कारले ३०० किमीको रेन्ज प्रदान गर्छ । हरेक घण्टामा १४ युनिट वुलिङ होङ गुआङ मिनी ईभी बिक्री हुन्छ । सो कार हरेक वर्ष १ लाख २५ हजार ९२५ युनिट बिक्री हुने गरेको छ ।
टेस्ला मोडल वाई
टेस्ला मोडल वाई इलेक्ट्रिक क्रसओभर कार विश्वमा अधिक बिक्री हुने तेस्रो कार हो । कम्पनीले हरेक घन्टा ११ युनिट कार बिक्री गर्छ । टेस्ला हरेक वर्ष १ लाख युनिट मोडल वाई बिक्री गरिन्छ । मोडल वाईले सिंगल चार्जमा ४५५ किमीको ड्राइभिङ रेन्ज प्रदान गर्छ ।
निसान लिफ इलेक्ट्रिक कार
निसान लिफ टेस्ला मोडल ३ को प्रतिस्पर्धी मानिन्छ । निसान लिफ सबैभन्दा पुरानो इलेक्ट्रिक मोडल मानिन्छ । निसानले हरेक घन्टा १० लिफ ईभी बिक्री गर्छ । हरेक वर्ष सो कार ८५ हजार ९८८ युनिट बिक्री गरिन्छ ।
बीएआईसी ईयु सिरिज
चिनियाँ कार निर्माताको सो इलेक्ट्रिक सेडान कार चीन भन्दा बाहिर उपलब्ध छैन । बिक्रीको मामलामा सो कार पाँचौ स्थानमा रहेको छ । सो कार हरेक वर्ष ६५ हजार ३३३ युनिट बिक्री गरिन्छ ।
फक्सवागन आईडी ३
फक्सवागन आईडी ३ इलेक्ट्रिक कार विश्वभर छैठौ सबैभन्दा तीव्र गतिमा बिक्री हुने ईभी मोडल हो । सो कार हरेक घन्टा ६ युनिट र हरेक वर्ष ५४ हजार ४९५ युनिट बिक्री गरिन्छ ।
एसएआईसी बाओजुङ ई–सिरिज ईभी
यो कार चीनमा बिक्रीको मामलामा सातौँ स्थानमा स्थापित गर्न सफल भएको छ । एसएआईसी समूहसँग एमजी मोटरको स्वामित्व रहेको छ । बाओजुङ ई–सिरिज ईभी हरेक वर्ष ५३ हजार ८७७ युनिट बिक्री गरिन्छ ।
हुन्डाई कोना
होन्डा कोना हरेक घन्टा ६ युनिट र हरेक वर्ष ५२ हजार १८४ युनिट बिक्री गरिन्छ ।
औडी ई–ट्रोन
जर्मन अटो निर्माता कम्पनी औडीको इलेक्ट्रिक कार ई–ट्रोन बिक्रीको मामलामा नवौं स्थान हासिल गर्न सफल भएको छ । औडीले यो कार हरेक घन्टा ५ युनिट र वार्षिक ४७ हजार ३२४ युनिट बिक्री गर्छ । ई–ट्रोनमा स्ट्यान्डर्ड मोडलको साथमा स्पोर्टब्याक, जीटी र आरएस भर्सन सहित ४ इलेक्ट्रिक कार समावेश रहेको छ । य
रेनो जोई
फ्रेन्च कार निर्माता रेनोको इलेक्ट्रिक ह्याचब्याक रेनो जोई सबैभन्दा बढी बिक्री हुने इलेक्ट्रिक कारमा दशौं स्थानमा रहेको छ । रेनोले हरेक घन्टा ४ युनिट र वार्षिक ३५ हजार ५९९ युनिट जोई ईभी बिक्री गर्छ ।
काठमाडौं – नेपालको लागि टाटा मोटर्सको एक मात्रै अधिकारिक वितरक सिप्रदी...
भारत सरकारले इलेक्ट्रिक भेइकलमा प्रयोग हुने व्याट्री र अन्य सामाग्रीको...
काठमाडौं – विगत ५ बर्षदेखि नेपाली बजारमा लुयान ब्रान्डका इलेक्ट्रिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...