आफूहरु पलायन नभएको र नेपालमै विश्व स्तरीय उत्पादन उपलब्ध गराउने यात्रीको भनाइ
काठमाडौं – नेपालमा विद्युतीय मोटरसाइकल निर्माण गरेको यात्री मोटरसाइकलले...
आज अर्थात सेप्टेम्वर ९ लाई विश्व ईभी दिवसका रुपमा मनाइदै छ । सन् २०२० मा पहिलोपटक ईभी दिवस मनाइएको थियो । विश्वभर इलेक्ट्रिक भेइकलको बारेमा सचेतना अभिवृद्धि गर्न र यस्ता साधनको प्रयोगलाई ब्यापक बनाउँदै जाने उद्देश्यसहित ग्रिन टिभीको पहलमा यो अभियानको थालनी गरिएको हो ।
विश्व बजारमा ईभीको माग बढ्दै गएका कारण अबको मोबिलिटी ईभी केन्द्रित बन्दै जाने निश्चित भएको छ । विश्व बजारमा कहलिएका ठूला अटो उत्पादकहरुले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको सट्टा ईभी उत्पादनलाई व्यापक बनाउँदै जाने उद्घोष गरेबाट पनि अबको मोबिलिट ईभी केन्द्रित बन्ने पुष्टि भएको हो ।
विश्वको सबैभन्दा ठूलो अटोबजार चीनले ईभी उत्पादनमा समेत ठूलै क्रान्ति गरिरहेको छ । हाल चीनमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनकै हाराहारीमा ईभी उत्पादन हुन थालिसकेको एक अध्ययनले देखाएको छ । चीन विश्व बजारमा सबैभन्दा बढी ईभी खपत र निर्यात गर्ने राष्ट्र समेत हो । चीनको सिको गर्दै विश्वका ठूला अटो उत्पादक राष्ट्रहरु अमेरिका, मेक्सिको, भारत, ब्राजिल, कोरिया र जापन लगायत युरोपिन राष्ट्रहरुले पनि ईभी उत्पादन बढाउँदै जाने उद्घोष गरिसकेका छन् ।
नेपालको अवस्था
नेपाली बजारमा ईभी प्रयोग हुन थालेको २ दशक हाराहारी समय भएको छ । तीन पाङ्ग्रे साधन सफा टेम्पोबाट शुरु भएको ईभीको बजार हाल आएर करोडमाथि मूल्यका एसयूभीसम्म विस्तार भएको छ । इभीको प्रयोग वढेसंगै सरकार र निजी क्षेत्रले चार्जिङ पूर्वाधारको विस्तारमा आक्रमक मुभ देखाउन थालिसकेका छन् ।
नेपालमा सरकारी निकायले इभी प्रयोगलाई आयत प्रतिस्थापनसंग जोडेर हेर्ने गरेको पाइन्छ । जवकी अन्य देशहरुमा यो साधनलाई वातावरणमैत्री साधनका रुपमा बढी लिने गरिएको छ । पेट्रोलियम पदार्थको आयतमा निकै ठूलो रकम वाहिर गएको र यसलाई रोक्न सके व्यापार घाटा कम हुने भन्दै अहिले देशका प्राय सवैजसो निती निर्माता र सरोकारवाला निकायले स्वदेशमै उत्पादन हुने विजुलीको खपत बढाउन पनि इभीको अर्को विकल्प नभएको धारणा सार्वजनिक गरिरहेका छन् ।
इभी आयतमा सरकारले कर कम गरेपछि नेपालमा अहिले ईभीको माग बढ्दो क्रममा छ । त्यसमाथी पछिल्लो ४ महिनायता त झन् सरकारले इभी वाहेक पेट्रोलियम पदार्थबाट चल्ने सवै प्रकारका सवारीसाधनको आयतमा पूर्ण प्रतिवन्ध समेत लागाउँदै आएको छ । यसले पनि इभीको विस्तरमा राज्य संवेदनशिल भएरै लागि परेको पुष्टि गर्छ ।
हाल बजारमा उपलब्ध विभिन्न ब्रान्डका ईभी आयातकर्ता कम्पनीहरुलाई माग बमोजिम आपूर्ति गर्न हम्मेहम्मे परेबाट पनि नेपालमा ईभी कति लोकप्रिय बन्दै गएको छ भनेर अनुमान लगाउन सकिन्छ । हाल बजारमा बीवाईडी, एमजी, हुन्डाई, किया, महिन्द्रा, टाटा, निटा, टेस्ला, दीगो र डेरी ब्रान्डका इलेक्ट्रिक कारको कारोबार भैरहेको छ ।
प्यासेन्जर कार सेग्मेन्टमा मात्र होइन, ईभीको प्रयोग सार्वजनिक यातायात र टु ह्विलरमा समेत बढ्दो छ । सरकारी स्वमित्व समेत रहेको साझा यातायातदेखि निजी कम्पनी सुन्दर यातायातले इलेक्ट्रिक बस सञ्चालन गरिरहेका छन भने अन्य कम्पनीहरुले समेत यस्ता बसबाट सेवा दिने तयारी थालेका छन् ।
टु ह्विलरतर्फ कुरा गर्नुपर्दा हाल बजारमा ३ दर्जन बढी ब्रान्डका इलेक्ट्रिक साधन आयत भैरहेका छन् । टु ह्विलरको ठूलो हिस्सा स्कुटरले ओगटे पनि पछिल्लो समय मोटरसाइकल समेत भित्रिने क्रम बढिरहेको छ । यसरी इलेक्ट्रिक साधनमा सेग्मेन्टको विविधीकरण बढिरहेका कारण नेपालमा अवको केही वर्षपछि इभीले झनै व्यापकता पाउने निश्चित देखिएको छ ।
काठमाडौं – नेपालमा विद्युतीय मोटरसाइकल निर्माण गरेको यात्री मोटरसाइकलले...
सीएफमोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड...
काठमाडौं – क्रसफायर अन्तर्गतको ग्यारो लिथियम नेपालले याङ्गो ड्राइभरा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...