एकै दिनमा ७५ युनिट स्कोडा कुशाकको डेलिभरी

काठमाडौं– नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुधबार काठमाडौं लगायत देशभरका सोरुमबाट एकै दिन ७५ वटा नयाँ स्कोडा कुशाक डेलिभरी दिएको छ । एमएडब्लुले बुधबार चर्चित मिडिया व्यक्तित्व डा. समिरमणि दिक्षित, टुटलका सिइओ शिक्षित भट्ट, अभिनेता अनुप विक्रम शाही र भ्लगर सिसन बानियाँलाई पनि नयाँ स्कोडा कुशाक डेलिभरी दिएको हो ।

दुई साताअघि सार्वजनिक गरिएको स्कोडा कुशाकलाई नेपाली अटोबजारले सहर्ष स्विकारिसकेको छ । एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध कुशाकले वल्र्ड प्रिमियर भएदेखि नै अटो जगतमा दमदार उपस्थिति जनाइसकेको छ ।

सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ कायम गरिएको नयाँ कुशाकको टेस्ट ड्राइभ तथा बुकिङ अब देशभर रहेका स्कोडा सोरुमबाट गर्न सकिनेछ ।

‘स्कोडा कुशाकबाट हामी धेरै राम्रो प्रतिक्रिया पाएका छौं । आजको मितिसम्म हामीसँग एकसय १५३ भन्दा बढी बुकिङ छन् । आज चाहिँ हामीले काठमाडौं र देशभर रहेका डिलरहरुबाट ७५ वटा कुशाक डेलिभरी दिएका छौं, र ’ स्कोडा एमएडब्लुका कार्यकारी निर्देशक रौनक अग्रवालले भने, ‘कुशाकमा विश्वमै लोकप्रिय टीएसआई प्रविधिको इन्जिन छ जुन पर्फमेन्स, इफिसेन्सी, रिफाइनमेन्ट र आउटपुटको बेजोड सम्मीश्रण हो । टीएसआई अवार्ड हासिल गर्न सफल पछिल्लो प्रविधिमा आधारित इन्जिन हो ।’

रोबस्ट र मस्कुलर देखिने कुशाकको इन्टेरियर सुन्दरता र आधुनिकताको सम्मीश्रण हो । ड्राइभिङलाई सहज बनाउन यसमा धेरै वटा ‘सिम्प्ली क्लेभर’ फिचर राखिएका छन् । यसमा कैयौं एक्टिभ र पेसिभ सेफ्टी फिचर छन् जसमध्ये ईएससी सबै भेरियन्टमा स्ट्यान्डार्ड हो ।

एमएडब्लुले कुशाकको ‘वनरसिप’ सहज बनाउन ग्राहक–केन्द्रित न्युनतम ब्याजदर आयोजनाको सार्वजनिक गरेको छ । ग्राहकले अब ५.९९ प्रतिशत ब्याजदरमा पाँच वर्षको भाकामा स्कोडा कुशाक खरिद गर्न सकिन्छ ।

एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन ट्रिममा उपलब्ध हुने स्कोडा कुशाक सबै गरी ५ भेरिएन्टमा उपलब्ध हुनेछ । स्कोडा कुशाकको सुरुवाती भेरिएन्ट एक्टिभ म्यानुअल ट्रान्समिसनको मूल्य ४९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी एम्बिसन म्यानुअल ट्रान्समिसनको मूल्य ५३ लाख ९० हजार र अटोमेटिक ट्रान्समिसनको मूल्य ५८ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

त्यसैगरी स्टाइल म्यानुअल ट्रान्समिसनको मूल्य ६० लाख ९० हजार र अटोमेटिक ट्रान्समिसनको मूल्य ६५ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।


सम्बन्धित समाचारहरू

यी हुन् सन् २०२३ देखि बजारमा उपलब्ध नभएका कार

यी हुन् सन् २०२३ देखि बजारमा उपलब्ध नभएका कार

अप्रिल २०२३ देखि भारतमा सवारीसाधनका लागि नयाँ उत्सर्जन मापदण्ड लागू भएको...

स्कोडा इनयाक आईभी इलेक्ट्रिक एसयूभीको टिजर रिलिज, अर्को वर्ष लन्च गर्ने

स्कोडा इनयाक आईभी इलेक्ट्रिक एसयूभीको टिजर रिलिज, अर्को वर्ष लन्च गर्ने

स्कोडाले इनयाक आईभी इलेक्ट्रिक एसयूभीको टिजर सार्वजनिक गरेको छ । आगामी...

आयात खुल्ने प्रतीक्षामा जिप मेरिडियन : साउन पश्चात नेपाल आउने सम्भावना

आयात खुल्ने प्रतीक्षामा जिप मेरिडियन : साउन पश्चात नेपाल आउने सम्भावना

काठमाडौं – नेपाली बजारमा जिपको प्रसिद्ध सेभेन सिटर एसयूभी मेरिडियन उपलब्ध...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...