जाडो मौसममा कारमार्फत यात्रा गर्दै हुनुहुन्छ ? यी टिप्स पालना गर्नुहोस्

घुम्न सबैलाई मन पर्छ तर जाडो मौसममा यात्राको योजना बनाउँदै हुनुहुन्छ भने, केही टिप्सको बारेमा जानकारी हुनु आवश्यक छ । स्वस्थ र सुरक्षित यात्राको लागि केही सूचीहरु बनाउन सकिन्छ, जसलाई गम्भीरतापूर्वक पालना गर्नुपर्छ ।

आपतकालीन किट
जाडोमा यात्रा गर्दा केहि चिजहरूलाई बेवास्ता गर्नु हुँदैन । यात्रा सुरु गर्नु अघि, कारमा ब्याकअप मोबाइल चार्जर, डाटा केबलको साथै खानेकुरा र कम्बल आदि राख्नु पर्छ । प्राथमिक उपचारको लागि औषधि र ब्यान्डेज पनि साथमा राख्नु पर्छ ।

टायर
लामो दुरीको यात्रा र विभिन्न प्रकारका भू–भागमा ड्राइभ गर्दै हुनुहुन्छ भने कारमा अतिरिक्त टायर हुनु आवश्यक छ । सडकको अवस्था वातावरण अनुसार फरक हुन सक्छ । जाडो मौसममा सवारी साधनको टायर अन्य सिजनमा भन्दा बढी घर्षण प्रदान गर्न सक्छ र ७ डिग्री सेल्सियस भन्दा कम तापक्रममा सतहको पकड बढाउन सक्छ ।

यात्रा गर्दा योजना बनाउनुहोस्
यात्रा सुरु गर्नु अघि सडकको अवस्थाको बारेमा निश्चित हुनुहोस् । यसले जोखिमबाट बच्न र यात्राको समय निश्चित गर्न सकिन्छ । साथै गन्तव्य स्थानको मौसमको स्थिति पनि जाँच गर्नुपर्छ ।

केही किताबहरू साथमा लैजानुहोस्
यात्राको समयमा केही किताबहरु सँगै लैजान सके निकै प्रभावकारी हुन्छ । आफूलाई मनपर्ने पुस्तक वा प्रेरक पुस्तकहरू पढेर कार भित्र समयको आनन्द लिन सकिन्छ । साथै लामो यात्राको मजा लिन अनलाइन स्टोरी बुक डाउनलोड गरी सुन्न पनि सकिन्छ ।

सम्बन्धित समाचारहरू

निसानको अफर : एउटै गाडीमा ३ लाख ५० हजार नगद र समग्रमा ४ लाख ५२ हजार छुट

निसानको अफर : एउटै गाडीमा ३ लाख ५० हजार नगद र समग्रमा ४ लाख ५२ हजार छुट

काठमाडौं – निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले नयाँ...

निसान लिफ नेपाली इलेक्ट्रिक कार बजारमा पायोनियर बन्ने दाबी

निसान लिफ नेपाली इलेक्ट्रिक कार बजारमा पायोनियर बन्ने दाबी

काठमाडौं – नेपाली बजारमा निसानको इलेक्ट्रिक कार सेकेन्ड जेनेरेसन निसान...

ग्लोबल हेडक्वार्टर नै बिक्री गर्ने सोचमा निसान, वित्तिय संकट टार्न यस्ता उपाय अपनाउँदै

ग्लोबल हेडक्वार्टर नै बिक्री गर्ने सोचमा निसान, वित्तिय संकट टार्न यस्ता उपाय अपनाउँदै

जापनिज अटो निर्माता निसान केही समययता आर्थिक संकटसंग जुधिरहेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...