बाइकको इन्जिन आयु बढाउन नगर्नुहोस यी ३ गल्ती

हरेक दिन बाइक चलाउने अधिकांश व्यक्तिले बिहान बाइक स्टार्ट गर्दा केही गल्ती गर्छन्, जसले गर्दा इन्जिन र अन्य भागमा असर पर्छ । यी साना गल्तीले बाइकको कार्यसम्पादनलाई कम गर्नुको साथै माइलेज पनि घटाउन सक्छ ।
यदि तपाईं आफ्नो बाइकको इन्जिन लामो समयसम्म राम्रोसँग चलिरहोस् भन्ने चाहनुहुन्छ भने यी गल्तीहरूबाट बच्नु जरुरी छ ।

बाइक स्टार्ट गर्ने बित्तिकै नकुदाउने
प्रायः मानिसहरु बाइक स्टार्ट गर्ने बित्तिकै त्यसलाई चलाउन थाल्छन्, जुन इन्जिनका लागि राम्रो हुँदैन । मोटरसाइकल रातभर पार्क गर्दा इन्जिन आयल स्थिर भएर वस्छ । । यदि बाइक स्टार्ट गर्ने बित्तिकै चलाउन थालियो भने इन्जिनका पार्टपुर्जाहरू बिग्रन सक्छ । यस्तो अवस्थामा बीएस–६ बाइकलाई स्टार्ट गरेपछि १० सेकेन्डसम्म आइडल मोडमा छोड्नुपर्छ भने बीएस–४ बाइकका लागि १५ देखी २० सेकेन्ड दिनु राम्रो हुन्छ ।

धेरै रेस नदिने
लामो समयसम्म पार्किङ गरी राखिएको बाइकमा लुब्रिकेसनको कमि हुन्छ र बाइक स्टार्ट गरेलगत्तै धेरै रेस दिइयो भने इन्जिनका पार्टपुर्जाहरू बिग्रिन सक्छन् । यसले तेलको खपत बढाउँछ र माइलेज घटाउँछ । लामो अन्तरालपछि स्टार्ट गर्दा, बाइक धेरै दौडनु हुँदैन । बाइक बन्द नहुनेगरी ठिक्क मात्रामा रेस दिनुपर्छ ।

स्टार्ट लगत्तै उच्च गतिमा नचलाउने
स्टार्ट गरेलगत्तै उच्च आरपीएममा बाइक चलाउनु इन्जिनका लागि राम्रो होइन । बिहान वा लामो समय पछि बाइक स्टार्ट गर्दा, यसको गतिलाई केहि समयका लागि २५ देखी ३० किलोमिटर प्रति घन्टामा सिमित राख्नु राम्रो हुन्छ । यसो गर्नाले इन्जिन भित्रका पार्ट्स राम्रोसँग लुब्रिर्केट हुन्छ । १५ देखी २० ससेकेन्ड पछि गति बिस्तारै बढाउन सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...