इलेक्ट्रिक सवारीको रेन्ज र ब्याट्रीको आयु बढाउन अपनाउनुस् यी उपाय

पेट्रोल–डिजेलको तुलनामा इलेक्ट्रिक गाडी अर्थात ईभी चलाउन निकै फाइदा हुने भएकाले इलेक्ट्रिक सवारी साधनको माग बढ्दै गएको छ । यसमा लिथियम–आयोन ब्याट्री प्रयोग गरिएको हुन्छ । यो ब्याट्री लगभग ५ देखि ७ वर्षसम्म सजिलै टिक्छ ।

ब्याट्री सही रूपमा प्रयोग गरियो भने यसको आयु १० वर्षसम्म बढाउन सकिन्छ । इलेक्ट्रिक सवारी साधनको रेन्ज र ब्याट्रीको आयु बढाउनका लागि केही टिप्स अपनाउन सकिन्छ ।

इलेक्ट्रिक सवारी साधन पार्किङ गर्दा चर्काे घाम वा गर्मीमा पार्किङ गर्नु हुँदैन । यसमा विशेष ध्यान दिनुपर्छ । उच्च तापक्रममा इलेक्ट्रिक सवारी साधन पार्किङ गरिएमा आगो लाग्ने सम्भावना पनि उच्च रहन्छ । यद्यपि इलेक्ट्रिक सवारी साधनमा अटोमेटिक टेम्परेचर कन्ट्रोल सिस्टम रहेको हुन्छ । यसमा ब्याट्रीलाई सामान्य तापक्रम कायम राख्न प्रभाव पारेको हुन्छ ।

फास्ट चार्जिङले ईभी ब्याट्रीलाई स्ट्यान्डर्ड चार्जिङ समयभन्दा धेरै छिटो चार्ज गर्छ । यो फिचर राम्रो भए तापनि यसले ब्याट्रीको आयुलाई प्रभाव पारेको हुन्छ । फास्ट चार्जिङले छोटो अवधिमा ब्याट्रीमा धेरै बिजुली सिर्जना गर्छ, जसले ब्याट्रीको आयुलाई असर गर्छ ।

इलेक्ट्रिक सवारी साधन कहिल्यै पनि पूर्ण रूपमा डिस्चार्ज वा पूर्ण रूपमा चार्ज गर्नु हुँदैन । यो मोबाइल फोनको ब्याट्री जस्तै हो । ब्याट्री चार्जलाई सधैं २५ देखि ७५ प्रतिशतको बीचमा राख्ने प्रयास गर्नुपर्छ ।

ब्याट्रीलाई बारम्बार चार्ज गर्दा यसको अवस्था र कार्यसम्पादन सामान्य समय भन्दा चाँडो बिग्रन सक्छ ।

इलेक्ट्रिक सवारी साधनको ब्याट्री चार्ज गर्न ओरिजिनल चार्जर प्रयोग गर्नु पर्छ । बजारबाट खरिद गरिएको चार्जर सस्तो हुन सक्छ र यसले गाडीको ब्याट्रीलाई हानि पु¥याउन सक्छ ।

ईभी कार चलिरहेको बेला ब्याट्री तातो हुन्छ त्यसैले सवारी ड्राइभ गरेर तुरुन्तै ब्याट्री चार्ज गर्नु हुँदैन । यसका लागि कम्तिमा ३० मिनेट पछि मात्र चार्ज गर्नु उपयुक्त हुन्छ ।

सम्बन्धित समाचारहरू

चिनियाँ कम्पनीसँग साझेदारी गर्दै सेल्फ ड्राइभिङ इलेक्ट्रिक कार निर्माण गर्ने टोयोटाको तयारी

चिनियाँ कम्पनीसँग साझेदारी गर्दै सेल्फ ड्राइभिङ इलेक्ट्रिक कार निर्माण गर्ने टोयोटाको तयारी

जापानी कम्पनी टोयोटा र चीनका २ कम्पनीको साझेदारीमा सेल्फ ड्राइभिङ...

विद्युतीय सवारीको संशोधित करप्रति चिन्तित बीवाईडी : भन्यो – अवैज्ञानिक र तर्करहित कर

विद्युतीय सवारीको संशोधित करप्रति चिन्तित बीवाईडी : भन्यो – अवैज्ञानिक र तर्करहित कर

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले हालसालै...

चीनमा गत वर्ष ३ करोड इलेक्ट्रिक कार बिक्री, ४९ लाख निर्यात

चीनमा गत वर्ष ३ करोड इलेक्ट्रिक कार बिक्री, ४९ लाख निर्यात

चिनियाँ अटोमोबाइल उद्योग संघले सन् २०२३ मा चीनमा सवारी साधनको उत्पादन र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...